सुदूरपश्चिम प्रदेशको बजेट ३६ अर्ब ७४ करोड ६४ लाख

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७९/०८० का लागि ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । 

आज बसेको प्रदेश सभा बैठकमा आर्थिक मामिला मन्त्री प्रकाश रावलले आगामी आर्थिक बर्ष २०७९र०८० का लागि कुल ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजार बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । 

प्रस्तुत बजेट मध्य चालू तर्फ १२ अर्ब २९ करोड ५९ लाख ८४ हजार र पुँजीगत तर्फ २४ अर्ब १४ करोड ४७ लाख ६१ हजार तथा अन्तरसरकारी वित्तीय हस्तान्तरण अन्तर्गत १ अर्ब ३६ करोड ४० लाख र वित्तीय व्यवस्था तर्फ ३० करोड विनियोजनको व्यवस्था गरिएको उहाँले बताउनु भयो ।

प्रदेश सरकारले ल्याएको बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सिचाई, खानेपानी, पूर्वाधार विकास, खेलकुद, रोजगारी सृजना, अनुदान लगायतका क्षेत्रलाई प्राथमिकता दिएको छ ।

यसैगरी बजेटमा मुख्यमन्त्री एकीकृत वस्ति विकास कार्यक्रम, उत्पादन वृद्धि गर्न भू–उपयोग नीतिको अवलम्बन, किसानलाई अनुदान, कच्चा पदार्थ प्रोत्साहन, विपद् जोखिम न्यूनीकरण, सरकारी तथा निजी क्षेत्रको साझेदारीमा ग्रामीण पर्यटन विकास, एक जिल्ला विशेष औद्योगिक क्षेत्र स्थापना, प्रदेश गौरव, रणनीतिक योजनाका सडक निमार्ण, उत्तर–दक्षिण जोड्ने सडक निर्माण, तुइन व्यवस्थापन, झाेलेङ्गे पुल निमार्ण, भूमिगत सिचाई योजना, सिचाई प्रणाली, एक घर एक खानेपानी धारा, सुरक्षित आवास, विशेषज्ञ सहित एकीकृत स्वास्थ्य शिविर, सुदूरपश्चिम स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन, वादी समुदाय छोरी छात्रवृत्ति कार्यक्रम, नमुना विद्यालय तथा एक जिल्ला एक नमुना क्याम्पसको संस्थागत सुधार, प्रदेश प्रमुख शैक्षिक कार्यक्रम, द्वारिकादेवी महिला सशक्तीकरण कार्यक्रम, पत्रकारिता क्षेत्र विकास लगायतका कार्यक्रम समेटिएका छन् ।

https://ujyaalonepalnews.com/archives/21634

Previous articleलुम्बिनी प्रदेश: ४२ अर्ब ९१ करोडको बजेट प्रस्तुत
Next articleबागमती प्रदेशसभामा ७० अर्ब ९३ करोडको बजेट सार्वजनिक
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।