बागमती प्रदेशसभामा ७० अर्ब ९३ करोडको बजेट सार्वजनिक

हेटौडा । बागमती प्रदेशसभाको आज अपराह्न बसेको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश सरकारको आव २०७९र०८० को करिब रु ७० अर्ब ९३ करोडको अनुमानित बजेट सार्वजनिक गर्नुभएको छ ।

बजेटमा चालुतर्फ रु १९ अर्ब दुई करोड ४१ लाख र पुँजीगततर्फ रु ४१ अर्ब ५६ करोड २४ लाख बजेट विनियोजन गरिएको छ । बजेटमा सरकारले कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको छ । वित्तीय हस्तान्तरणतर्फ रु आठ अर्ब ३५ करोड ३७ लाख र वित्तीय व्यवस्थातर्फ रु दुई अर्ब विनियोजन गरिएको छ । 

बजेटमा कृषितर्फ रासायनिक मल उत्पादन कारखाना स्थापना, स्वास्थ्यतर्फ अस्पताल स्तरीकरण, हेटौँडा अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा प्रारम्भ गर्ने, शिक्षातर्फ विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापनाको योजना समावेश गरिएको छ ।

बजेटमा रोजगारी सिर्जना गर्न, सीमान्तकृत समुदायको विकासका योजना, चेपाङ संरक्षित क्षेत्र घोषणा गर्नेलगायतका विषय समेटिएका छन् । 

https://ujyaalonepalnews.com/archives/21636

Previous articleसुदूरपश्चिम प्रदेशको बजेट ३६ अर्ब ७४ करोड ६४ लाख
Next article‘पाँच वर्षसम्म वार्षिक ७० अर्बको विद्युत् निर्यात गर्न सकिन्छ’
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।