बिर्तामोडको पाँचवर्षे आवधिक योजना निर्माण

भद्रपुर, झापा । झापाको प्रमुख व्यापारिक केन्द्रको रुपमा रहेको बिर्तामोड नगरपालिकाले पाँच वर्षे आवधिक योजना निर्माण गरेको छ ।

स्थानीय तह निर्वाचन–२०७९ बाट नवनिर्वाचित जनप्रतिनिधि आएसँगै नगरपालिकाले दीर्घकालीन विकासका लागि योजना निर्माण गरेको हो । 

नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार, वनजंगल, पर्यटन, व्यापार–व्यवसाय लगायतका विविध पक्षलाई समेटेर पाँच वर्षे आवधिक योजना निर्माण गरेको नगरप्रमुख पवित्रा महतरा प्रसाईँले जानकारी दिनुभयो ।

उद्योग, व्यापार, स्वास्थ्य, शिक्षा, कृषि, र रोजगारको अभिवृद्धि : बिर्तामोड नगरको, विकास र सुशासनसहितको समृद्धि’ नारासहित नगरपालिकाले कार्य योजना बनाएको हो ।

https://ujyaalonepalnews.com/archives/21820

Previous articleवैकल्पिक माध्यमबाट बेँसीशहर–चामे सडक सञ्चालन
Next articleअविरल वर्षाका कारण पोखरीमा पानी भरिएर माछा बगाउँदा लाखौँको क्षति 
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।