अविरल वर्षाका कारण पोखरीमा पानी भरिएर माछा बगाउँदा लाखौँको क्षति 

बारा । बारामा अविरल वर्षाको कारण माछाको पोखरी भरिएर माछा बगाउँदा लाखौँको क्षति भएको छ । 

जितपुरसिमरा उपमहानगरपालिका वडा नं. १९ गुलरिया टोलस्थित रहेको अन्सारी एकिकृत कृषि फर्मको पोखरीमा वर्षाको पानी भरिएर माछा बगाउँदा करिब तीन लाखको क्षति भएको बारा प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो । 

पोखरी वर्षाको पानी भरिएर नजिकै रहेको नहरको पानीमा मिसिएको थियो ।  पोखरी भित्र रहेको रोहु, बिग्रेट र सिलभर प्रजातिको माछाहरू नहरको पानीसँगै माछाहरू बगेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/21822

Previous articleबिर्तामोडको पाँचवर्षे आवधिक योजना निर्माण
Next articleपशु सेवा विज्ञ केन्द्र बाजुरा द्वारा कृषकलाई बाख्रा वितरण 
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।