आज बस पल्टेपछि २ मिनेटमै उद्दार गर्न सफल भएका युवाले एस्तो भन्छन पूरा हेर्नुहोस

म सुकुटे बीच रिसोर्टमै वसिरहेको थिएँ । खोला तिरै हेरेर टहलिँदै थिए । सडकबाट गाडी झ्याम्मै खोलामा खस्यो । ठूलो आवाज आयो । होटलबाट दुर्घटनास्थल बिस मिटरको दुरीमा पर्छ । बस दुर्घटना भएको कन्फर्म हुन केही समयनै लागेन । तुरुन्त र्‍याफ्टिङ बोट निकालेर म सहित चार जना उद्दारको लागि खटियौं । घटनाको दुई मिनेट नपुग्दै घटनास्थल पुग्यौं ।

त्यहाँको दृष्य विभत्स थियो । सुनकोशी रातै भएको थियो । गाडी माथी फर्केर पल्टिएको थियो। दश जना जति उत्तानो परेको बसमाथी बसेर विलौना गरिरहेका थिए । नदीमा यात्रु बगिरहेका थिए । सुन्दा र त्यो आपत देख्दा कस्तो मन नै भन्न्कानिएर आउँछ । गहभरी आँसु आउँछ । यो दु:खद को घडी मा जती सक्छौ हामी उदार गर्न तिर लाग्यौं । पहिले गाडीको छतमा रहेकाहरुलाई उद्दार गर्‍यौं । कतिपयले गाडी भित्र आफन्त रहेको भन्दै बसबाट बाहिर आउन मानेन् ।

बलजफति उनीहरुलाई उद्दारा गर्यौं। गाडीले च्यापेका दुई शव म आफैले निकाले । गाडीको झ्यालबाट कसैले हात हल्लाईरहेको थियो। नजिक पुगेर मैले उसलाई ताने। ति महिलाको काखमा बच्चा समेत थियो । उनीहरु दुवैलाई सकुसल सडकमा निकाल्यौं । त्यत्तिकैमा पाँच छ वटा र्‍याफ्टिङ बोट नदिमा आए । बगिरहेका यात्रु यात्रुसम्म पुगेर उद्दार गरियो ।

Atmanirbhar Laghubitta IPO Result

ठेक्का लागेको तीन वर्षपछि सडक कालोपत्रे
Previous articleनेपालमा धेरै भएपछी, कुलेखानीको बिजुली भारत निर्यात
Next articleबस दुर्घटनाकी घाइतेको बयान, ‘दूध चुसाउँदै थिएँ, डुबिसकेको रहेछु’
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।