लमहीका अटो व्यवसायी आन्दोलित

दाङ- लमहीका अटो व्यवसायी आन्दोलित भएका छन् । लमही नगरपालिकाले अटो पार्किङ्गलाई व्यवस्थित गर्न सडक किनारामा पार्किङ्गमा रोक लगाएपछि अटो रिक्सा व्यवसायी आन्दोलित भएका हुन् ।

विगत दुई दिनदेखि अटो रिक्सा, लमही नगरपालिकाको प्राङ्गणमा पार्किङ्ग गरिएको छ ।

अटो पार्किङ्गलाई व्यवस्थित गर्ने नाममा नगरपालिकाले रोजीरोटी खोस्न थालेको भन्दै आफुहरु आन्दोलित हुनुपरेको अटो व्यवसायी रमेशप्रसाद सुवेदीले बताउनुभयो ।

‘सबै अटोलाई बसपार्कमा थन्क्याउन पाईदैन । बजारका चोक चोकमा व्यवस्थित गरेर अटो राख्छौं’सुवेदीले भन्नुभयो । उहाँले भन्नुभयो- ‘हामी सुन्दर लमहीको पक्षमा छौं । बजार व्यवस्थित गर्ने नाममा हामीलाई विस्थापित गर्न पाइएन ।’

करिब एक सय वटा अटो रिक्सा नगरपालिका भित्र पार्किङ्ग गरेर आन्दोलन गरिएको छ । ‘वसापर्कको एक किनारमा पार्किङ्ग गर्ने सहमति भयो । राजीखुसी विदा हुनुभयो । फेरि नयाँ माग राखेर आउनु भएको छ’नगर प्रमुख जोगराज चौधरीले भन्नुभयो ।

उहाँले ‘ सहमति गर्दै जाने नयाँ माग थप्दै जाने व्यवसायीको व्यवहारले समस्याको समाधान नहुने बताउनुभयो ।।

https://ujyaalonepalnews.com/archives/22291

Previous articleगोरखाको विकट गाउँ सिर्दिवासमा सीपमुलक कार्यक्रम सम्पन्न
Next articleसक्रिय पहलपछि प्राप्त भयो ‘महाकालीको पानी’
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।