चौँरीदेउरालीका कृषकलाई ट्र्याक्टर र थ्रेसर वितरण

बनेपा। काभ्रेपलाञ्चोकको कोशिपारिस्थित चौँरीदेउराली गाउँपालिकाका किसानलाई गाउँपालिकाले हाते ट्र्याक्टर र थ्रेसर वितरण गरेको छ । कृषिमा यान्त्रीकरण गर्ने उद्देश्यले यहाँका कृषक समूह र कृषि फार्ममार्फत किसानलाई गाउँपालिका अध्यक्ष रेणुका चौलागाईं र उपाध्यक्ष शेरबहादुर तामाङले संयुक्तरुपमा सो उपकरण वितरण गर्नुभएको हो ।

आर्थिक वर्ष २०७८/०७९ को वार्षिक कार्यक्रमअन्तर्गत किसानलाई ४५ वटा हाते ट्र्याक्टर र दुई वटा थ्रेसर वितरण गरिएको गाउँपालिका अध्यक्ष चौलागाईंले बताउनुभयो । उहाँले कृषि क्षेत्रमा आधुनिकीकरण, यान्त्रीकिकरण गर्दै हरेक कृषि कार्यमा व्यावसायीकरण आवश्यक रहेकाले गाउँपालिकाले कृषि औजार वितरण गरेको बताउनुभयो । उपाध्यक्ष तामाङले किसानलाई व्यावसायिक बनाउन सहयोग गरेको बताउनुभयो ।

https://ujyaalonepalnews.com/archives/22660

Previous articleरोल्पाको रुन्टीगढी गाउँपालिकाद्वारा तरकारी करमा छुट
Next articleभारतीय तरकारी सहजरुपमा नेपाल भित्रिएपछि नेपाली कृषक मारमा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।