महँगा महँगा लक्जरी कार चोरेर बेच्ने आरोपमा मलेसियामा नेपाली युवा पक्राउ

0
52
महँगा महँगा लक्जरी कार चोरेर बेच्ने आरोपमा मलेसियामा नेपाली युवा पक्राउ
काठमाडौं : मलेसियामा कार चोरीको आरोपमा एक नेपाली कामदार पक्राउ परेका छन् । त्यहाँको प्रहरीले ६ जनाको एक गिरोहलाई पक्राउ गरेकोमा एक जना नेपाली छन् । पक्राउ परेका नेपाली सुरक्षा गार्ड हुन् । उनले आफूले काम गर्ने ठाउँमा लामो समयसम्म पार्क गरेर राखिएका कारहरुको सूचना यो गिरोहलाई दिने गरेको प्रहरीले दाबी गरेको छ । उनको नाम भने खुलाइएको छैन ।

जुलाइ २५ मा पक्राउ परेका उनीहरुको साथबाट एउटा मर्सिडिज एस ३२० र टोयोटा एस्टिमा कार जफत गरिएको प्रहरीले बताएको छ । पक्राउ परेका ३ जनासँग सोधपुछपछि प्राप्त जानकारीका आधारमा एक जना नेपालीसहित अन्य ३ जनालाई पक्राउ गरिएको मलेसियाको दि स्टारले उल्लेख गरेको छ ।

प्रहरीले नेपालीसहितको गिरोहले लामो समय सामुदायिक पार्किङमा पार्क गरेर राखिएका कार चोरी गरेको बताएको छ । विदेशी नागरिकहरू सामुदायिक पार्किङमा कार पार्किङ गरेर लामो समयको लागि स्वदेश गएको मौकामा चोरी हुने गरेको प्रहरीले बताएको छ । पक्राउ परेकामध्ये २ जना कार किन्ने ग्राहक भएको बताइएको छ ।

https://www.ujyaalonepalnews.com/archives/15265

Previous articleविदेश जान खोप लाउन खोज्दै हुनुहुन्छ? अब जानुस् यि दुई अस्पताल
Next articleरत्ननगर १६ मा स्थानीय विपद तथा जलवायु उत्थानशील योजना तर्जुमा सम्बन्धी वडा स्तरीय जोखिम विश्लेषण कार्यक्रम सम्पन्न