गेरुवस्त्र लगाएर ध्यानमा बसेका कुलमान

काठमाडौँ- ओशो तपोवन पुगेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ शुक्रबार साँझदेखि मौन छन्। प्राधिकरणका उच्च अधिकारीहरूको टिमसहित रातो बस्त्र लगाएर ध्यानमा छन्। प्राधिकरणका कार्यकारी निर्देशक घिसिङसहित अन्य पदाधिकारीको टोली शुक्रबार बालाजु माथि रहेको ओशो तपोवन पुगेको थियो।

राष्ट्रको लागि तपोवन कार्यक्रम अन्तर्गत छैटौँ समूहको रुपमा कुलमान घिसिङसहित प्राधिकरणको टिम ओशो तपोवनमा ध्यान साधनामा सहभागी भएका हुन्। घिसिङ ओशो तपोवन पुगेपछि गेरुवस्त्र लगाएका तस्बिरसँगै नाचिरहेको भिडियोहरु सार्वजनिक भएका छन्।

शुक्रबारसाँझ उनीहरुले कुण्डलिनी ध्यान गरेका थिए। शनिबार बिहान एउटा ध्यान र योगा गरेका छन्। दिउँसो समयमा अर्को ध्यानमा बसेको र यो क्रम साँझ ५ बजेसम्म निरन्तर रहने छ। शनिबार साँझ ध्यान सकेर घिसिङ फर्कनेछन्।

यो पनि: सिके राउत बने सन्यासी

जनमत पार्टीका अध्यक्ष डा.सिके राउत ओशो सन्यासी बनेका छन्। बुधबार काठमाडौंमा स्वामी आनन्द अरुणबाट दीक्षा लिएर उनी ओशो सन्यास लिएका हुन्। राउतले काठमाडौंको रानीबारीमा रहेको ओशो तपोवनमा १० दिन ध्यान पूरा गरेर सन्यास धारण गरेका हुन्।

सिके राउतले नयाँ नामसमेत पाएका छन्। उनको नयाँ नाम ‘आनन्द मैत्रय’ रहेको छ। राउत राज्य द्रोहको मुद्दामा जेल समेत बसेका थिए।

 

 

https://ujyaalonepalnews.com/archives/23500

Previous articleएमालेले सिसिटिभि फुटेज सँग एम अधिकारी साट्यो: रबि लामिछाने
Next articleलगाई रहेको सुरुवालले हातखुट्टा बाँधी मुखमा टेप टाँसेर लुटपाट गर्ने पाँच जना पक्राउ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।