श्रीमानले जब’र्जस्ती क’रणी गरेको भन्दै प्रहरीमा उजुरी

वुटवल । रुपन्देहीमा बैबाहिक ब’लात्कार बिरुद्धको मुद्धा दर्ता भएको छ । तिलोत्तमा नगरपालिकामा एक महिलाले आफ्नै पतिविरुद्ध लामो समय देखी जब’र्जस्ती कर’णी गरेको भन्दै बैबाहिक ब’लात्कारको मुद्धा दर्ता गराएकी हुन । तिलोत्तमा नगरपालिका– १७ निवासी उक्त पुरुष विरुद्ध इलाका प्रहरी कार्यालय, बुटवलमा पुगेर पी’डित महिलाले गत मंगलवार आफ्नै पत्नीले ब’लात्कार गरेको भन्दै किटानी जाहेरी दिएकी हुन्।

डीएसपी ठगबहादुर केसीका अनुसार चौधरी थरकी ती महिलाले ६ महिनादेखि माद’कपदार्थ तथा ला’गूपदार्थ खाएर कुट’पिट गर्नाका साथै आफू बिरामी हुँदा पनि श्रीमानले इच्छाविपरीत जब’र्जस्ती करणी गरेको आरोप लगाएकी छन्। सो अत्याचारबारे परिवारजन र आफान्तलाई जानकारी गराउँदा पनि वास्ता नगरे पछि प्रहरीसमक्ष उजुरी गर्न आएको महिलाले बताएकी छिन् ।

उजुरी लगत्तै सो बारेमा अनुसन्धान जारी राखिएको प्रहरीको भनाई छ । आफ्नै पत्नीलाईसमेत इच्छाविपरीत जब’र्जस्ती करणी गरे ५ वर्षसम्म जेल सजाय हुने कानुनी व्यवस्था रहेको छ।

यो पनि : ठिमीमा कोठा फोडेर ४ तोला सुनसहित नगद चोरी

भक्तपुर : भक्तपुरको सुर्यविनायक नगरपालिका वडा नम्बर ३ राजु श्रेष्ठको घरमा फोडेर ४ तोला सुनसहित २० हजार नगद चोरी भएको छ। शनिबार दिउँसो कोठामा कोही नभएको मौका पारेर श्रेष्ठको घरबाट चार लाख बराबरको गहनासहित नगद चोरी भएको प्रहरीले जनाएको छ।

भक्तपुर प्रहरीले फरार चोरको खोजी तथा अनुसन्धान भइरहेको जानकारी दिएको छ। श्रेष्ठको घरमा चोरी भएको कोठामा बस्ने परिवार तीन बजेपछि कोठा बाहिर गएको र कोठामा आउँदा चोरी गरेर चोर फरार भइसकेको थिए।

https://ujyaalonepalnews.com/archives/23650

Previous articleगायिका तथा मोडल सन्जु न्यौपानेकोे लामो कपाल सार्वजनिक
Next articleरत्ननगरमा एउटै घरबाट साढे आठ तोला सुन चोरी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।