भोजपुरी छाडा गीतमा नेपाल प्रहरीका असई अश्लि’ल डान्समा रमाएपछी…….

५ भदौ, रौतहट । बर्दीमा रहेका नेपाल प्रहरीका एकजना प्रहरी नायव निरीक्षक (असई) पदीय आचरण विपरीत सार्वजनिक स्थानमा अर्धनग्न नर्तकीहरुसँग नाचेको भिडियो सार्वजनिक भएपछि उनीमाथि कारबाहीको प्रक्रिया अघि बढाइएको छ । असई राजकिशोर साह बर्दीमै नाचेको भिडियो सार्वजनिक भएपछि उनको जिम्मेवारी खोसेर कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता सुनिल मल्लले जानकारी दिए ।

रौतहटको गढीमाई नगरपालिकाको वडा नम्वर ६ धरमपुरमा कृष्ण जन्माष्टमीको अवसरमा लागेको मेलामा प्रहरी नायव निरीक्षक राजकिशोर साह भोजपुरी गीतमा नाचेका थिए । अर्धनग्न नर्तकीहरुसँग उनी नाचेको भिडियो अहिले सामाजिक सन्जालमा भाइरल बनेको छ । साह स्टेजमा नाच्न जानुभन्दा पहिले दर्शकहरुलाई मोबाइलमा फोटो वा भिडियो खिच्न भनेका थिए । कसैले पनि भिडियो वा फोटो नखिच्ने भनेपछि उनी स्टेजमा उक्लिएका थिए ।

नाच्दानाच्दै उनले उत्तेजित हाउभाउ देखाउन थाले । नेपाल प्रहरीको पोशाकमै अमर्यादित हर्कत गरेपछि साहलाई कारबाहीका लागि हाल शिवनगरको प्रहरी चौकीमा तानेर थप कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । ‘अमर्यादित हर्कत गर्ने प्रहरी नायब निरीक्षकलाई विभागीय कारबाहीका लागि प्रक्रिया शुरु भएको छ,’ जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता, डिएसपी सुनिल मल्लले भने, ‘उनलाई तत्कालै कार्यरत चौकीबाट हटाएर जिम्मेवारी खोसिएको छ ।’

उनीमाथि विभागीय कारबाहीको थप काम पनि अगाडि बढाइएको उनले जानकारी दिए । जिल्लाभरि नै अ’श्लील अर्केष्ट्रा नाच नाच्ने गरिए पनि जिल्ला प्रहरी कार्यालय रौतहटले त्यसलाई रोक्न चासो नदिएको गुनासो छ । एकजना स्थानीयले यस्ता अर्केष्ट्राहरुमा प्रहरी कर्मचारीहरुले नै आर्थिक लाभ लिएर सुरक्षा प्रदान गर्ने गरेको आरोप लगाए ।

https://ujyaalonepalnews.com/archives/23954

Previous articleम्यासेन्जरमा आएको लिंक क्लिक नगर्नुस्, नत्र फेसबुक ह्याक गरेर यसरी ठग्छन्
Next articleनेता गिरिको निधनबाट मर्माहत भएको छु : अध्यक्ष ओली
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।