चितवन । नारायणी नदीमा हाम फालेर एक युवति बेपत्ता भएकी छिन् । भरतपुर महानगरपालिका वडा नं. ३ पुल्चोक स्थित नारायणी नदीको पुलबाट हाम फालेर खैरहनी नगरपालिका वडा नं. ७ सुर्तनी घर भएकी २६ वर्षीया रिचा उप्रेती वेपत्ता भएको चितवन प्रहरीले जनाएको छ ।
दिउसो पौने ३ वजे नदीमाथिको पुलबाट हाम फालेर वेपत्ता भएकी उप्रेतीको अवस्था हालसम्म पत्ता लाग्न सकेको छैन । उर्लदो नारायणी नदीमा हराइरहेकी उनको प्रहरीको टोलीले खोजतलास गरिरहेको छ । उनले किन हाम फालिन भन्ने बारेमा हालसम्म केहि खुलेको छैन ।
यो पनि: नेपाल बन्द : भरतपुरमा छ वटा गाडीमा तोडफोड, पाँच पक्राउ, चार मोटरसाइकल नियन्त्रणमा
चितवन, भदौ ७–विप्लव नेतृत्वको नेकपासहित चार दलले आह्वान गरेको नेपाल बन्दको प्रभाव चितवनमा पनि सामान्य परेको छ । बन्दको अवज्ञा गरेको भन्दै भरतपुरका विभिन्न स्थानमा छ वटा गाडीमा तोडफोड गरिएको छ । तोडफोड गरेको आरोपमा प्रहरीले पाँच बन्दकर्तालाई पक्राउ गरेको छ भने चार वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ ।
बन्दकर्ताले प्रदेश३–००१ क ०३१२ नम्बरको कार, ना ८ ख ४२५९ नम्बरको बस, ना ५ ख २२६३ नम्बरको ट्रक, ना ५ ख १४३१ नम्बरको बस, ना ४ ख ८३२५ नम्बरको ट्रक, प्रदेश२–०३–००१ ख ००९८ नम्बरको बसमा ढुङ्गाले हानेर सिसामा क्षति पु¥याएका छन् ।
पक्राउ पर्नेहरुमा भरतपुर महानगरपालिका–२३ बस्ने बर्ष ३५ को अमित घिसिङ, बा ८० प ९०२४ नम्बरको मोटरसाइकल चालक बारा घर भइ हाल भरतपुर–९ बस्ने बर्ष २१ को राजन बाबु सिंह, ना ३१ क ६८१० नम्बरको मोटरसाइकल चालक भरतपुर–७ बस्ने बर्ष ३२ को सुरज शर्मा र पछाडी सवार बर्ष २४ को सुदिप पौडेल रहेका छन् ।
त्यस्तै, भरतपुर–२ क्षेत्रपुर बस्ने बर्ष ३९ को गणेश श्रेष्ठ र बागमती प्रदेश०३–००१ प ६८०५ र ना ५६ प ८५५४ नम्बरको मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
https://ujyaalonepalnews.com/archives/24000


