नारायणी नदीमा हाम फालेर चितवनकी २६ वर्षीया रिचा उप्रेती बेपत्ता

चितवन । नारायणी नदीमा हाम फालेर एक युवति बेपत्ता भएकी छिन् । भरतपुर महानगरपालिका वडा नं. ३ पुल्चोक स्थित नारायणी नदीको पुलबाट हाम फालेर खैरहनी नगरपालिका वडा नं. ७ सुर्तनी घर भएकी २६ वर्षीया रिचा उप्रेती वेपत्ता भएको चितवन प्रहरीले जनाएको छ ।

दिउसो पौने ३ वजे नदीमाथिको पुलबाट हाम फालेर वेपत्ता भएकी उप्रेतीको अवस्था हालसम्म पत्ता लाग्न सकेको छैन । उर्लदो नारायणी नदीमा हराइरहेकी उनको प्रहरीको टोलीले खोजतलास गरिरहेको छ । उनले किन हाम फालिन भन्ने बारेमा हालसम्म केहि खुलेको छैन ।

यो पनि: नेपाल बन्द : भरतपुरमा छ वटा गाडीमा तोडफोड, पाँच पक्राउ, चार मोटरसाइकल नियन्त्रणमा

चितवन, भदौ ७–विप्लव नेतृत्वको नेकपासहित चार दलले आह्वान गरेको नेपाल बन्दको प्रभाव चितवनमा पनि सामान्य परेको छ । बन्दको अवज्ञा गरेको भन्दै भरतपुरका विभिन्न स्थानमा छ वटा गाडीमा तोडफोड गरिएको छ । तोडफोड गरेको आरोपमा प्रहरीले पाँच बन्दकर्तालाई पक्राउ गरेको छ भने चार वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

बन्दकर्ताले प्रदेश३–००१ क ०३१२ नम्बरको कार, ना ८ ख ४२५९ नम्बरको बस, ना ५ ख २२६३ नम्बरको ट्रक, ना ५ ख १४३१ नम्बरको बस, ना ४ ख ८३२५ नम्बरको ट्रक, प्रदेश२–०३–००१ ख ००९८ नम्बरको बसमा ढुङ्गाले हानेर सिसामा क्षति पु¥याएका छन् ।

पक्राउ पर्नेहरुमा भरतपुर महानगरपालिका–२३ बस्ने बर्ष ३५ को अमित घिसिङ, बा ८० प ९०२४ नम्बरको मोटरसाइकल चालक बारा घर भइ हाल भरतपुर–९ बस्ने बर्ष २१ को राजन बाबु सिंह, ना ३१ क ६८१० नम्बरको मोटरसाइकल चालक भरतपुर–७ बस्ने बर्ष ३२ को सुरज शर्मा र पछाडी सवार बर्ष २४ को सुदिप पौडेल रहेका छन् ।

त्यस्तै, भरतपुर–२ क्षेत्रपुर बस्ने बर्ष ३९ को गणेश श्रेष्ठ र बागमती प्रदेश०३–००१ प ६८०५ र ना ५६ प ८५५४ नम्बरको मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

https://ujyaalonepalnews.com/archives/24000

Previous articleबन्दको समयमा सवारी चलाएकाे भन्दै ताेडफाेड, बन्दकर्ता चितवन प्रहरीकाे नियन्त्रणमा
Next articleआगामी निर्वाचनमा एमालेले मुद्दा मिल्ने पार्टीसँग तालमेल गर्ने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।