बन्दको समयमा सवारी चलाएकाे भन्दै ताेडफाेड, बन्दकर्ता चितवन प्रहरीकाे नियन्त्रणमा

चितवन । नेपाल बन्दमा सवारी साधन चलाएकाे भन्दै बन्दकर्ताले चितवनमा सवारी ताेडफाेड गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (बिप्लब) समूह लगाएत चार दलले आज (मंगलबार) गरेकाे नेपाल बन्दमा सवारी चलाएकाे भन्दै चितवनका विभिन्न ठाउँमा बन्दकर्ताले सवारी साधनमा ताेडफाेड गरेका हुन् ।

प्रहरीका अनुसार भरतपुर म.न.पा.को बिभिन्न स्थानमा बन्द कर्ताहरुले बन्दको अबज्ञा गरेको भनि प्रदेश३-०-०१क०३१२ नं.को कार, ना८ख४२५९ नं.को बस, ना५ख२२६३ नं.को ट्रक, ना५ख१४३१ नं.बस, ना४ख८३२५ नं. ट्रक, प्रदेश २-०-३-००१ख ००९८ नं. को. बसमा ढुङ्गाले हानि सिसामा सामान्य क्षति पुर्याएका छन् ।

प्रहरीले सवारी ताेडफाेड क्रियाकलापमा संलग्नता रहेको हुन सक्ने भन्दै ५ जना बन्द कर्ताहरु र ४ थान मो.सा. नियन्त्रणमा लिई यस कार्यालय ल्याई राखिएको जनाएको छ । नियन्त्रणमा लिएका मो.सा.तथा मानिसहरु निम्न अनुसार रहेकाे प्रहरीकाे भनाइ छ ।

  • जिल्ला चितवन भरतपुर म.न.पा.२३ बस्ने बर्ष ३५ को अमित घिसिङ।
  • बागमती प्रदेश०३-००१प६८०५,ना५६प८५५४ नं.को मो.सा. ।
  • बा८०प९०२४ नं.को मो.सा.चालक जिल्ला बारा घर भइ हाल भरतपुर म.न.पा.९बस्ने बर्ष २१ को राजन बाबु सिह- ।
  • ना३१क६८१० नं.को मो.सा.चालक जिल्ला चितवन भरतपुर म.न.पा. ७ बस्ने बर्ष ३२ को सुरज शर्मा र सोहि मो.सा. पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष २४ को सुदिप पौडेल ।
  • जिल्ला चितवन भरतपुर म.न.पा.२ क्षेत्रपुर बस्ने बर्ष ३९ को गणेश श्रेष्ट ।

(तस्वीर सांकेतिक रुपमा प्रयोग गरिएको।)

https://ujyaalonepalnews.com/archives/23997

Previous articleपाष्टरको झारफुकले मरेकी महिला ब्यूँताएको भन्दै भाईरल भिडियो बारे छानबिन हुने
Next articleनारायणी नदीमा हाम फालेर चितवनकी २६ वर्षीया रिचा उप्रेती बेपत्ता
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।