काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध एक किशोरीले जब’रजस्ती क’रणीको जाहेरी दिएपछि सामाजिक सञ्जालमा पक्ष विपक्षमा बहस चलिरहेको छ। सामाजिक सञ्जालमै एकथरीले आरोपित सन्दीप ‘बला’त्कारी नै भएको’ ठहर गरिसकेका छन्। अर्काथरीले सामाजिक सञ्जालमै सन्दीप ‘निर्दोष भन्दै’ फैसला सुनाइसकेका छन्। ‘होटलभित्र राजीखुसी पसेको जोडी, बाहिर निस्कँदा केटी बला’त्कृत, केटा बला’त्कारी हुन नसक्ने भन्दै’ युवतीप्रति लाल्छना लगाउनेको कमी छैन। सन्दीप निर्दोष रहेको र उनलाई फसाउने षड्यन्त्र गर्ने युवती भन्दै सामाजिक सञ्जालमा विभिन्न युवतीको तस्वीर राखेर भाइरल बनाउने काम पनि भइरहेको छ।
यसले अन्जान र निर्दोष युवतीको चरित्र ह’त्या भइरहेको छ। सन्दीपविरुद्ध २१ भदौमा उजुरी परेपछि भोलिपल्टैबाट फेसबुक, टिकटक, ट्विटरतिर धेरैले एउटा फोटो कपी पोस्ट गर्ने र सेयर गर्ने काम गरिरहेका छन्। दर्ता नभई सञ्चालनमा रहेका केही अनलाइन मिडियाले समेत ती युवतीको फोटो सार्वजनिक गरेका छन्।
सन्दीपका समर्थकको शिकार बनिन् निर्दोष युवती
जताततै यही फोटो भाइरल भएपछि धेरैलाई लागेको छ– ‘‘सन्दीपविरुद्ध उजुरी दिने किशोरी यिनै हुन्।’’ त्यसैले होला पोस्टमा ती युवतीलाई कतिले गाली पनि गरिरहेका छन्। सन्दीपका समर्थकले ‘‘फ्यान हुँ भन्दैमा सँगै घुम्न किन जानु?, एकै कोठामा बस्न तयार भएपछि १६ दिनपछि उजुरी लिएर जाने पनि बला’त्कृत हुन्छ?, मन मिले चमत्कार, नमिले ब’लात्कार र यस्तै यस्तै।’’ भनेर गाली गरिरहेको भेटिन्छ।
विदेशमा खिचेको फोटो : कहिल्यै विदेश नगएकी युवतीको भन्दै प्रचार

यो फोटो झट्ट हेर्दा १८ वर्षमाथि उमेरकी देखिन्छिन्। फोटो हिउँ परेको ठाउँमा खिचिएको छ। फोटो हेर्दा ठाउँ विदेशको जस्तो देखिन्छ। पछाडि देखिने घर नेपालको बन्दै आएको शैलीको छैन। नियालेर हेर्ने हो भने पछाडी देखिएको एउटा कारको नम्बर प्लेट विदेशी नै देखिन्छ। काठमाडौं प्रहरीका अनुसार सन्दीपविरुद्ध उजुरी गर्ने किशोरीको उमेर नागरिकता अनुसार १७ वर्ष ७ महिना छ। अनि अर्को कुरा उनी अहिलेसम्म विदेश गएकी छैनन्। प्रहरीले उजुरीकर्ता अहिलेसम्म विदेश नगएको र उनका अभिभावक पनि विदेशमा नभएको बताएको छ।
यसैबीच आफ्नो तस्बिर दुरु’पयोग गरि चरित्रह’त्या गरेको भन्दै भाइरल भएकी युवतीले साइबर ब्यूरोमा उजुरी दिएकी छिन् । ब्यूरो स्रोतका अनुसार युवतीले केही दिनअघि निवेदन दिएकी हुन् । उनले सामाजिक सञ्जालमा प्रयोग भइरहेको तस्बिर तथा त्यसमा आएका गालीगलौजको स्क्रिनसटसहित निवेदन दिइएको बुझिएको छ ।
आफूले सन्दीपविरुद्ध कुनै आरोप नलगाएको भन्दै बिनाकारण बदनाम गर्न खोजिएको ती युवतीले गुनासो गरेकी छन् । यसमा संलग्नहरुलाई कानुनी कारबाहीको दायरामा ल्याउन उनको माग छ । गत मंगलबार एक १७ वर्षीया किशोरीले सन्दीपविरुद्ध बला’त्कारको आरोप लगाउँदै महानगरीय प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् । त्यसको दुई–तीन दिनपछि केही फेसबुक ग्रुपहरुले जाहेरीकर्ता किशोरी भन्दै एउटा तस्बिर सार्वजनिक गरेका हुन् । नेपालको कानून अनुसार यसै पनि यस्तो घटनामा जाहेरीकर्ताको पहिचान र तस्बिर सार्वजनिक गर्न मिल्दैन । त्यसमाथि यसरी सार्वजनिक गरिएको तस्बिर सम्बन्धित व्यक्तिमा नभएको एक प्रहरी अधिकृतले बताए ।
https://ujyaalonepalnews.com/archives/24337


