कुखुरा खाना आएको चितुवा संग १० मिनेट लडेर जित हासिल गर्ने यिनै हुन् यमबहादुर

गुल्मीमा चितुवासँग झडप हुँदा एक व्यक्ति घाइते भएका छन् । झडपका क्रममा चितुवा मरेको छ । रेसुंगा नगरपालिका- ६ का ३० वर्षीय यमबहादुर कुँवर चितुवाको आक्रमणबाट घाइते भएका हुन् । उनको शरीरका विभिन्न भागमा चोट लागेको छ । आइतबार बिहान कुखुराको फार्ममा काम गर्न जाँदा एक्कासि चितुवाले आक्रमण गरेपछि कुँवर र चितुवाबीच करिब १० मिनेट झडप भएको थियो ।

चितुवाले ६१ वटा कुखुरा मारेको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ । कुँवरको प्रतिकारबाट चितुवा मरेको छ । उनको जिल्ला अस्पताल तम्घासमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था अहिले खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

स्यालले टोक्दा चार जना गम्भीर घाइते

महोत्तरीको पिपरा गाउँपालिका–६ रतौली गाउँमा आइतबार स्यालले टोक्दा चार जना गम्भीर घाइते भएका छन्। उनीहरू सबै एउटै टोलका भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद पँगेनीका अनुसार घाइते हुनेमा तीन महिला र एक पुरुष छन्।

गाउँ नजिकैको वनको झाडीबाट टोलमा पसेको एउटा स्यालले स्थानीय ३५ वर्षीया पुनमदेवी सोनार, १३ वर्षीया रेणुकुमारी सदा, ६५ वर्षीया सोनावती सदा र १६ वर्षीया बबन चौधरीलाई टोकेर घाइते बनाएको हो।ब घाइतेको अनुहार, पेट, छाती तथा शरीरको अन्य भागमा घाउ छ। चारै जनाको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ।

https://ujyaalonepalnews.com/archives/24333

Previous articleसमाजवादीका जिल्ला सदस्य लम्साल एमालेमा फर्किए
Next article‘सन्दीपलाई फसाउने केटी’ भन्दै निर्दोष युवतीको चरित्रहत्या, युवतीले दिइन् साइबर ब्यूरोमा उजुरी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।