दसैं टीकाको साइत बिहान ११ बजेर ५१ मिनेटमा

काठमाडौंः यस वर्ष विजयादशमी टीकाको उत्तम साइत असोज १९ गते वुधबार बिहान ११ बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ। त्यस दिन बिहान १० बजे ३४ मिनेटमा देवी बिसर्जन गरी ११ बजेर ५१ मिनेटको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको हो।

विजयादशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि यो साइत तोकिएको समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए। उनका अनुसार राज्य सञ्चालकले भने समितिले तोकेकै साइतमा मान्यजनबाट टीका, प्रसाद थाप्नुपर्ने प्रचलन छ। पूर्वी मोहडा गरेर टीका लगाउनुपर्ने पनि समितिले जनाएको छ।

देवीको प्रसादका रूपमा देशका धेरै भागमा कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्ने गरिन्छ। केही भागमा भने विजयादशमीका दिन मात्र देवीको प्रसादका रूपमा टीका थाप्ने गरिन्छ।

https://ujyaalonepalnews.com/archives/24400

Previous articleबालेन्द्र र रेनुले साढे ७ लाख, हर्कले साढे ५ लाख जरिवाना तिर्नुपर्ने, नतिरे पद जाने
Next articleधर्मका नाममा ढुंगा पूज्दै हिँड्ने कुरा विज्ञानसम्मत छैनः अध्यक्ष दाहाल
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।