रत्ननगर नगरप्रमुख प्रलाद सापकोटालाई ४ लाख ५० हजार जरिवाना

निराजन घिमिरे, असोज ५- रत्ननगर नगरपालिकाका प्रमुख प्रलाद सापकोटाले चार लाख पचास हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने निर्वाचन आयोगले निर्णय गरेको छ। निर्वाचन आयोग ऐन दफा २६ को उपदफा १ अनुसार मेयर सापकोटासहित रत्ननगरका ३६६ उम्मेदवारले निर्धारित समयमै खर्च विवरण नबुझाएको वा ढिलो गरी बुझाएपछि आयोगले जरिवाना तोकेको हो।

सापकोटा सहित रत्ननगरमा मेयरका उम्मेदवार बनेका राष्ट्रिय जनमोर्चाका ईन्द्र प्रसाद पाध्या पौडेल, नेपाल कम्युनिष्ट  पार्टी (माक्सवादी लेनिनवाद) का त बहादुर विश्वकर्मा, मंगोल नेशनल अर्गनाईजेशनका धनबहादुर थिंग, नेपाल मजदुर किसान पार्टीका पुना राम शर्मा, राप्रपा नेपालका बलराम आचार्य, नेकपा एमाले कि बिमला देवी दवाडी, स्वतन्त्र उम्मेदवार संजिव कुमार मिश्र, राप्रपाका हरिशरण भट्टराईलाई जनही ४ लाख ५० हजार जरिवाना तोकिएको हो ।

त्यस्तै उपमेयर पदमा उम्मेदवार बनेका मंगोल नेशनल अर्गनाईजेशन कि ईश्वरी गुरुङ, जनता समाजवादी पार्टी नेपाल कि गोमादेवी देवकोटा, राष्ट्रिय जनमोर्चा कि चन्द्रकला क्षेत्री, राप्रपा कि बिमला चौधरी, राप्रपा नेपाल कि रसिला खड्गी र स्वतन्त्र उम्मेदवार विरंजना घिमिरे सापकोटालाई पनि जनही चार लाख पचास हजार जरिवाना तोकिएको छ ।

आयोगले जरिवानाबापतको रकम छ महिनाभित्र बुझाउन उम्मेदवाहरूलाई निर्देशन दिएको छ । ‘निर्वाचन आयोग ऐन, २०७३ को दफा २६ को उपदफा ३ बमोजिम ६ महिनाभित्र निर्वाचन आयोगको कार्यालय कोड नम्बर २१२००३५०१ राजस्व शीर्षक नम्बर १४३१२ मा दाखिला गरी दाखिला गरेको भौचरसहितको निवेदन प्रदेश र जिल्ला निर्वाचन कार्यालय वा आयोगमा पेस गर्न निर्देशन गर्ने,’ आयोगको निर्णयमा भनिएको छ ।

६ महिनाभित्र पनि जरिवाना रकम नबुझाएमा ६ वर्षसम्म कुनै पनि निर्वाचनमा उम्मेदवार हुन नपाउने निर्णय आयोगले गरेको छ । ‘तोकिएको समयअवधिभित्र आफूलाई लागेको जरिवानाबापतको रकम नबुझाउने उम्मेदवारलाई ६ वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन नपाउने गरी रोक लगाउने र जरिवानाबापतको रकम निजहरूबाट दाखिला नभएमा सो रकम असुलउपर गर्ने प्रयोजनका लागि आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्त्व ऐेन, २०७६ बमोजिम जरिवानाबापतको रकम सरकारी बाँकीसरह असुलउपर गर्न जरिवाना भएका उम्मेदवारहरूको नाम नामेसीसहितको विवरण तयार गरी केन्द्रीय तहसिल कार्यालयमा लेखी पठाउने,’ आयोगको निर्णयमा भनिएको छ ।

आयोगले चुनावमा खर्च गर्न  नगरपालिकाको प्रमुखको उम्मेदवारका लागि ४ लाख ५० हजार र उपप्रमुखका लागि २ लाख सीमा तोकिएको थियो । तर, आयोगले तोकेको सीमाभन्दा बढी खर्च उम्मेदवारले गर्दै आएका छन् । आयोगले तोकेको जरिवानाप्रति दलहरूले असन्तुष्टि जनाउन थालेका छन् ।

रत्ननगरका कुन वडाका कुन उम्मेदवारलाई कति जरिवाना तोकियो ? पुरा जान्न यँहा क्लिक गर्नुहोला !

https://ujyaalonepalnews.com/archives/24428

Previous articleनवोदय स्काउटको शक्तिखोरमा पदयात्रा सम्पन्न
Next articleचितवनमा ४ वर्षिय बालकलाई ललाईफकाई लैजाँदै गरेकी भारतिय महिला पक्राउ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।