चितवनमा ४ वर्षिय बालकलाई ललाईफकाई लैजाँदै गरेकी भारतिय महिला पक्राउ

0
42

निराजन घिमिरे, असोज ५- भरतपुर चितवनका चार वर्षिय बालकलाई अपहरण गरेर लैजाँदै गरेकी भारतीय महिला पक्राउ परेकी छन् । भरतपुर महानगरपालिका वडा नं. १७ घर भएका बालकलाई ललाईफकाई लैजाँदै गरेको अवस्थामा शारदानगर प्रहरी चौकी बाट खटिएको प्रहरी टोलीले गुन्जनगर बाट निज महिलालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतकाे बिहार रहसी गाउँ बस्ने वर्ष ३८ की अनिता पाल रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । पालमाथि अपहरण तथा शरीर बन्धक सम्बन्धी कसूरमा चितवन जिल्ला अदालतबाट ४ दिन म्याद थप लिई अनुसन्धान भईरहेको चितवन प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए ।

प्रहरीको साईबर व्युरोले “भ्रामक हल्ला’ भनेको १० दिन नबित्दै चितवनमा घटना 

सामाजिक संजालमा बच्चा चोरको हल्ला फैलिएपछी नेपाल प्रहरीको साईबर ब्युरोले यहि भाद्र २७ गते एक सुचना प्रकाशित गरेर बच्चा चोरीको प्रचार भ्रामक भएको जानकारी गराएको थियो । तर त्यसको १० दिन नबित्दै चितवनमा बच्चा लैजाँदै गरेकी भारतिय महिला पक्राउ परेकी छन् ।

केही दिनदेखि सप्तरी, धनुषा, महोत्तरी, रौतहट, बारा, पर्सा,रुपन्देही लगायत मधेसका जिल्लामा बच्चा चोरको आतंक नै चलेको छ । भारतबाट बच्चा चोर्ने गिरोह मधेस पसेको भन्दै अधिकांस अभिभावक तथा बालबालिका मान’सिक तना’वमा छन् । बितेका केहि दिनमा यि जिल्लाहरुमा दर्जनौ महिला तथा पुरुषहरुलाई बच्चा चोरको आरोपमा स्थानियले कुटपिट गरेर प्रहरीको जिम्मा लगाएका छन् ।

गत भदौ २९ गते बुधबार राति सर्लाही लालबन्दी नगरपालिका–९, बस्तीपुर क्षेत्रबाट स्थानीयले ‘बच्चा चोर’ भन्दै एक पुरुषलाई प्रहरीको जिम्मा लगाएका थिए तर सोधखोज गर्दा ती व्यक्ति ‘बच्चा चोर’ नभई एक/डेढ महिनादेखि लालबन्दी बजार क्षेत्रमा मागेर खाँदै हिँड्ने बेवारिसे मानिस भएको खुलेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ। देशभर बच्चा चोरको व्यापक हल्ला चलिरहँदा चितवनमा ४ वर्षिय बालक लैजाँदै गरेकी भारतीय महिला पक्राउ पर्दा स्थानिय झनै त्रसित बनेका छन् ।

भिडियो 

@ujyaalonepal बच्चा अपहरण गर्ने भारतिय महिला पक्राउ। #ujyaalonepal #chitwanmuser ♬ original sound – Ujyaalo Nepal

 

 

 

 

https://www.ujyaalonepalnews.com/archives/24432

Previous articleकंकाली युवा जागरण क्लबले चंगाचेट फेस्टिवल र सांस्कृतिक कार्यक्रम गर्दै
Next articleचितवनका सञ्चारकर्मी रामु आचार्यको पहिलो कोसेली ‘पानी सेती’ को सार्वजनिक