Home Uncategorized अमिलियाको वृद्धआश्रमलाई सनराईज बैंकको सहयोग

अमिलियाको वृद्धआश्रमलाई सनराईज बैंकको सहयोग

उज्यालो नेपाल, असोज ६- सनराईज बैंकले रत्ननगर वडा नं. १३ मा रहेको असहाय वृद्ध कल्याण समाजलाई सहयोग गरेको छ । बैंकको टाँडी शाखाले असहाय वृद्धवृद्धाहरुको संरक्षण र सहायताका निम्ति काम गर्दै आएको गैर सरकारी संस्थालाई बिहीबार एक कार्यक्रमका बिच सहयोग हस्तान्तरण गरेको हो ।

बैंकको १५ औं वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुको लागी खाद्यान्न, लताकपडा, वाटर डिस्पेन्सर, हिटर लगायतको सामाग्री वितरण गरेको वैंककि शाखा प्रवन्धक रश्मी श्रेष्ठले जानकारी दिईन्  ।

संस्थामा हाल जना चौधजना वृद्धवृद्धा  आश्रित छन् । बैंकले स्वास्थ्य, समाजकल्याण  शिक्षा, पूर्वधार निर्माण, वातावरण संरक्षण आदि क्षेत्रमा सातै प्रदेशमा विभिन्न सामाजिक उत्तरदायित्वका कामहरू गर्दै आएको छ ।

 

 

 

https://ujyaalonepalnews.com/archives/24439

Previous article१३ सय दिराम तलबमा कार सफा गर्ने नेपाली युवालाई यूएईमा ३५ करोडको चिठ्ठा
Next articleपौडी खेल्ने क्रममा डुबेर एकैठाउँमा तिन बालकको मृत्यु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।