चितवन ३ मा एमालेको समर्थन गठबन्धनका बागी दिनेश कोइरालालाई

चितवन- चितवन ३ मा नेकपा एमालेका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएर नेपाली कांग्रेसका बागी दिनेश कोइरालालाई समर्थन गर्ने भएको छ। एमालेबाट सो क्षेत्रमा रामप्रसाद न्यौपानेको उम्मेदवारी परेको थियो। न्यौपानेले उम्मेदवारी फिर्ता लिएर आफूलाई सहयोग गर्ने सहमति भएको कोइरालाले बताए।

‘मोटामोटी मलाई सहमति गर्ने सहमति भएको छ,’ कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका कोइरालाले भने। चितवनको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा न्यौपानेको उम्मेदवारी फिर्ता भइसकेको बताएको छ।‍ चितवन ३ मा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका डा. भोजराज अधिकारी उम्मेदवार छन्। कोइरालाले माओवादीसँग गठबन्धन गर्न नहुने भन्दै केन्द्रीय समितिमासमेत आवाज उठाउँदै आएका थिए।

यो निर्वाचनमा आफूलाई कांग्रेसले पनि सघाउने कोइरालाको दाबी छ। ‘एमालेको सहयोगका साथै कांग्रेसले पनि मलाई सहयोग गर्छ। विकृतिविरुद्ध मैले केन्द्रीय समितिमा पनि बोलेको थिएँ। सबैको साथ मलाई रहनेछ भन्नेमा म ढुक्क छु,’ कोइरालाले भने।

कांग्रेसले भने आज निर्वाचन आयोगले तोकेको समयभित्र उम्मेदवारी फिर्ता नलिए साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गर्ने चेतावनी दिइसकेको छ।

https://ujyaalonepalnews.com/archives/24610

Previous articleचितवन–१ मा कांग्रेसका बागी बुर्लाकोटीले फिर्ता लिएनन् उम्मेदवारी
Next articleप्रेमीसंग गेष्टहाउस पुगेकी युवतीको जलेर मृत्यु, शंका’स्पद २ जना पक्राउ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।