चिनियाँ नाकामा ‘हेल्थ डेस्क’ स्थापना गर्न माग

नेपाल एशोसियशन टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालसँग जोडिएका चिनियाँ नाकामा ‘हेल्थ डेस्क’ स्थापना गर्न माग गरेको छ।

नाट्टाले आज एक विज्ञप्ति जारी गरी मित्रराष्ट्र चीनको बुहान शहरबाट शुरु भई विभिन्न मुलुकमा फैलिँदै गएको कोरोना भाइरस नेपालमा भित्रिन नदिन नेपालसँग जोडिएका चीनका नाकामा हेल्थ डेस्क स्थापना गर्न माग गरेको हो।

नाट्टाका अध्यक्ष अच्युत गुरागाईंले महामारीको रुप लिइसकेको कोरोना भाइरस नेपालमा सङ्क्रमण हुन नसकोस् भनी उच्च सतर्कता अपनाउनुपर्ने बताए।

‘कोरोना भाइरसबाट बच्न सम्बन्धित निकायले समयमा नै ध्यान पु-याउनु जरुरी छ’, उनले भने। नाट्टाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समेत हेल्थ डेस्क स्थापना गर्नुपर्ने बताएको छ। रासस

पूर्वमन्त्री बडूको आरोप : वर्तमान सरकार सबै नेपालीको हुन सकेन

Previous articleकोरोना भाइरसको संक्रमण रोक्न चीनले छुट्यायो साढे ८ अर्ब डलर
Next articleगायिका आस्था राउत ब्लु क्रस अस्पतालको ४२३ कोठा नम्बरमा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।