उज्यालो नेपाल – आगामी प्रदेशसभा निर्वाचनमा चितवन क्षेत्र नं. १ ख प्रदेशवाट राष्टिय प्रजातन्त्र पार्टी बाट बलराम खनालले उमेद्वारी दिएका छन् । सामान्य परिवारमा जन्मिएका खनालले स्नातक सम्मको अध्यायन गरेका छन् । उनी विद्यार्थीकाल बाट नै राजनीति तथा समाजसेवामा सकृय छन् ।
संबैधानिक राजसंस्थाबाट नै देशको सार्वभैमिकता सुरक्षित हुन्छ भन्ने विचार लिएका उनले अवसरकालागि दल त्याग गर्ने नक्कली राजनीति कहिल्यै गरेनन् । यस पटकको निर्वाचनमा आफ्नो जित निश्चित भएको खनालको दावी छ । निर्वाचनको सेरोफेरोमा रहेर बलराम खनाल संग पत्रकार प्रकशवावु खनाल द्वारा गरिएको कुराकानीको संक्षेप प्रस्तुत छ ।
१. बलराम जी चुनावको तरायी कस्तो छ ?
सदावाहार , हिजो जस्तो आज पनि त्यस्तै । निर्वाचनको मुखमा गरिने तयारी जनता माथिको धोका हो । म बनाउटी कुरा गर्न जान्दिन , म सँग भाषण कला पनि छैन । म हिजो पनि जनताको सेवक हो आज पनि र भोलि पनि म जनताको सेवामा रहन्छु । सधैँ जनता सँगै छु । उमेद्वारी दिएको छु । मेरो उमेद्वारी वारे जानकारी दिन जनताको घरदैलोमा पुग्ने क्रम जारी छ ।
२. देशमा गणतन्त्र आई सक्यो तपाईँहरु जनताले फालेको राजसंस्थाको मुद्दा बोकेर हिडिरहनु भएको छ ?
तपाईको प्रश्न नै झुटो छ प्रकाश जी । तपाईँ जनतामा भ्रम फैलाउन नखोज्नुस् त । जनताले फालेको हो राजसंस्था ? जनताले फालेको हो हिन्दुराष्ट ? यो सबै देशलाई लुटेर खान पल्केका विदेशी दलालहरुले फालेका हुन् । हिन्दुराष्ट, राजसंस्थाको विषयमा जनमत संग्रह गर्न सक्ने हिक्मत छ यी नेताहरु सँग । यो पछिल्लो तीस पैँतीस वर्षमा देशको अवस्था हेर्नु त , वैदेशिक कुटनीति, अर्थतन्त्र , वैदेशिक हस्तक्षेत , अस्थीरता ,बेरोजगारी , न्याय पालिका , कार्यपालिका , व्यवस्थापिका यी सबैको हालत हेर्नुस । सबै तिर भ्रष्टचार भन्दा केही छैन । राष्टिय अखण्डताको लागि राजसंस्थाको विकल्प भन्दै जनताहरु सडक आइ सके । हामीले जनताकै मुद्दा उठाएका छौँ । मेरो जित मात्र होइन यस पटक हलोमा मतदान गर्न जनताहरु आतुर छन् ।
३. ठुला ठुला दलहरुको गठबन्धनको अगाडि तपाईँको के जोर चल्ला र ?
को ठुलो दल , के को गठबन्धन, यस्ता अनावश्यक कुरा नगर्नोस् त तपाईँ । यी सबै विचारको राजनीति गर्ने मानिस नै होइनन् । देश र समाजको लागि राजनीति गर्ने व्यक्ति नै होइनन् । पद र अवसरका लागि राता रात दल त्याग गर्दै हिड्ने , बोली विचार फेर्दै हिड्ने लुट्न नपाएर विद्रोह गर्दै हिड्ने ? अनि ठुला कुरा गर्ने ? । प्रकाश जी म त आफ्नो विचार र निष्ठामा शतिसाल झै उभिएको व्यक्ति हो । यस पटक जनताले म माथि न्याय गर्ने छन् ।
४. अन्त्यमा तपाईँको जित्ने आधार के हो त ?
अघि नै भनिसके त देश उलेटाहरुको हातमा परे पछि के भयो । जनताले सच्चा देशभक्तहरुलाई मतदान गर्ने छन् यस पटक । स्थानीय निर्वाचनको माहोल हेर्नोस । अस्थित्व रक्षाको लागि ध्यू व्यपारी र खुकुरी व्यपारी मो मिल्ती । अव जनतालाई कसैले ढाट्न सक्दैन । राष्टको पहिचारनको लागि , राष्टीयता रक्षाको लागि जनतामा आएको परिवर्तान र मेरो सादा जीवन नै मेरो जित्ने आधार हो । राष्टिय अखण्डताको लागि हलो चिन्हमा मतदान गर्न जनता सबैलाई अपिल गर्न चाहन्छु ।
https://ujyaalonepalnews.com/archives/24623


