काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले सामाजिक सञ्जालमार्फत आफ्नो मानहानी हुने अभिव्यक्ति दिएको भन्दै युट्युबका भाइ’रलम्यान डिल्लीराम खनालविरुद्ध उजुरी दिएकी छन् । उनले नेपाल प्रहरीको सा’इबर ब्युरोमा हिजो उजुरी दिएको बताइन् ।
खनालले एउटा अन्तर्वार्तामा नायिका मानन्धरलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसित जोडेर वि’वादास्पद अभिव्यक्ति दिएका थिए । सामाजिक सञ्जालमा करिश्माले अति भएपछि आफूले साइबर ब्युरोमा निवेदन दिएको जानकारी दिएकी छन् ।
‘उहाँ को हो ? यो अत्ति भयो । कलाकारलाई यस्तै भन्छन् भनेर सहें । हिजो साइ’बर ब्युरोमा निवेदन हालेको छु । हेरौं नेपालको कानून कत्तिको बलियो रहेछ’, करिश्माले लेखेकी छन् । आफू हिन्दू भएको र लिभिङ टुगेदरमा विश्वास नै नगर्ने पनि उनले उल्लेख गरेकी छन् । ‘म मेरो संसारमा खुशी छु’, उनले भनेकी छन् ।
के भनेका थिए खनालले ?

https://ujyaalonepalnews.com/archives/26290


