रत्ननगर,कात्तिक ८- चितवनको रत्ननगरमा ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । रत्ननगर १० भानुचोकस्थित पूर्वपश्चिम राजमार्गमा ना८ख २५५५ नम्बरको ट्याङकरले ना ३५ प ८७५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको हो ।


मृत्यु हुने सवारी चालक झापा घर भई हाल हेटौडा उपमहानगरपालिका ११ बस्ने २६ बर्षका सुदन लुइटेल रहेको चितवन प्रहरीले जानकारी दिएको छ । मोटरसाइकल पछाडी बस्ने उनकी ९ बर्षकी छोरी सोभानी लुइटेल घाइते भएकी छन् । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
रत्ननगरको सौराहा चोकमा रहेको मोटरसाइकल ग्यारेजमा आगलागी,३० बढि मोटरसाइकल जले

चितवन,कात्तिक ८- चितवनको रत्ननगर स्थित मोटरसाइकल ग्यारेजमा आगलागी भएको छ । रत्ननगर नगरपालिका १ सौराहा चोकमा रहेको न्यू कालिका आटो पार्टसमा आज विहान ३ः५० बजे आगलागी भएको हो ।
खैरहनी नगरपालिका र भरतपुर महानगरपालिकाको दमकलले विहान ६ बजे आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । आगलागीबाट १२ वटा नयाँ र २० भन्दा बढि पुराना मोटरसाइकल जलेर क्षति भएको छ । क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ । विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।
https://ujyaalonepalnews.com/archives/24720


