बाल्टिनको पानीमा डुबेर कैलालीमा एक बालकको मृत्यु

धनगढी । बाल्टिनको पानीमा डुबेर कैलालीमा एक वर्षीय बालकको मृत्यु भएको छ ।

शुक्रवार गौरीगंगा नगरपालिका–२ मालिका टोलका नरीबहादुर ऐरका एक वर्षीय छोरा वीरेन्द्र ऐरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

वीरेन्द्र बाल्टिनमा भरिएको पानीमा डुबेर अचेत भएका थिए । उपचारका लागि सेती प्रादेशिक अस्पतालमा लगिएको थियो ।

अस्पतालमा पुर्‍याउँदा डाक्टर मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।

https://ujyaalonepalnews.com/archives/24724

Previous articleरत्ननगरमा सवारी दुर्घटना एकको मृत्यु एक घाईते
Next articleगोठालो जाँदा भेट्टाएको बम खेलाउँदा पड्किएर दुई बालिकाको मृत्यु, तिन बालबालिका गम्भीर घाइते
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।