गणेश मन्दिरमा शंखघण्ट बजाएर गठबन्धनको घरदैलो सुरु

रत्ननगर । चितवनको रत्ननगरमा सत्ता गठबन्धनले घरदैलो सुरु गरेको छ । वडा नं ३ मा रहेको गणेश मन्दिरमा पुजा गरेर गठबन्धनले रत्ननगरमा औपचारिक रुपमा घरदैलो सुरु गरेको हो ।

गठबन्धनका दुई उम्मेदवारहरुले विहीवार वडा नं १,२,३ र ४ मा घरदैलो तथा कोणसभा गरी भोट मागेका छन् । गठबन्धनले शान्तिचोक र टाँडीचोकमा कोण सभा समेत गरेका छन् । निर्वाचन समुखमा रहेका कारण सबैको घरघरमा पुग्न सक्ने अबस्था नरहेपछि गठबन्धनले चोकचोकमा कोण सभा गर्ने र मतदाताहरुलाई समुहगत रुपमा भेटघाट गर्ने रणनीति लिएको बुझिएको छ ।

दुई वटा चोकमा भएको कोण सभामा नेपाली काँग्रेसको तर्फबाट चितवन क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार डा.विश्व पौडेल र एकीकृत समाजवादीबाट प्रदेश सभा सदस्य पदका उम्मेदवार कृष्णप्रसाद खनालले सम्बोधन गरेका छन् । सो अबसरमा अर्थशात्री समेत रहेका पौडेलले अहिलेको निर्वाचन गठबन्धनले जित्नै पर्ने बताए । संविधान रक्षाको लागि पनि निर्वाचन जित्नु पर्छ उनले भने यो सम्भव पनि छ । उनले पूर्वी चितवनको चौतर्फी विकासको लागि आफु चुनावी मैदानमा आएको बताए ।

प्रदेश सभा सदस्य पदका उम्मेदवार तथा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री खनालले अहिलेको निर्वाचन प्रतिगमनलाई परास्त गर्ने दरिलो माध्यमका रुपमा लिएको बताए । विकास निर्माणसंगै अघिल्लो सरकारले गरेका गतल क्रियाकलापलाई जनताको माझमा लैजानु पर्ने बताए ।

https://ujyaalonepalnews.com/?p=24871

Previous articleलघुवित्तीय संस्था पीडित महिलाको समस्या सामधान गर्छु: शैलेस
Next articleएमाले रत्ननगरको घरदैलो तिब्र, जनताको दुःख, सुखमा साथ दिने प्रतिवद्धता
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।