भालेको आक्रमणबाट चितवनमा पाँच महिनाको पोथी गैँडा मर्‍यो

चितवन राष्ट्रिय निकुञ्जको कुजौली पोष्ट क्षेत्रमा पाँच महिनाको पोथी गैँडा मृत अवस्थामा भेटिएको छ।

निकुञ्जका निमित्त प्रमुख बेदबहादुर खड्काका अनुसार शुक्रबार नवलपुरको देवचुली नगरपालिका वडा नं १७ मा बच्चा गैँडा मृत अवस्थामा भेटिएको हो।

मृत गैँडाको शरीरमा चोटैचोट भेटिएको खड्काले जानकारी दिए। भालेको आक्रमणबाट उक्त पोथी गैँडा मरेको हुनसक्ने उनले बताए।

चालू आवमा चितवन राष्ट्रिय निकुञ्जमा कालगतिले मर्ने गैँडाको संख्या १४ पुगेको थियो। यो सँगै यस आर्थिक वर्षमा मृत्यु हुने गैँडाको संख्या १५ पुगेको छ। रासस

सुजिता भण्डारी मृत्यु प्रकरणमा आत्महत्या दुरुत्साहन मुद्धा खेपेका सुकदेव भण्डारीले पाए सफाई

Previous articleआज माघ २५ गते शनिबारको रा’शिफल पढी शे’यर गर्नुहोस।
Next articleअन्टार्कटिकामा हालसम्मकै बढी तापक्रम
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।