टिपरको ठक्करबाट दुई वटा मोटरसाइकलका चालकको ज्यान गयो, एक जना घाइते

काठमाण्डौ – काठमाण्डौको साँखुमा भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ । शङ्खरापुर नगरपालिका–९ इन्द्रेणी चोकमा हिजो बेलुका टिपरले ठक्कर दिँदा दुई वटा मोटरसाइकलका चालकको ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

दुर्घटनामा बा ९४ प ४४९८ नम्बरको मोटरसाइकलका चालक साँखुका ५० वर्षका पवनलाल श्रेष्ठ र बा ८२ प ८३५७ नम्बरको मोटरसाइकल चालक शङ्खरापुर–९ घर भएका २२ वर्षका हरि खड्काको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका नेवा पत्रकार कोषका सहकाेषाध्यक्ष पवनलाल श्रेष्ठको उपचारका क्रममा नेपाल मेडिकल कलेज अत्तरखेलमा र खड्काको शङ्खरापुर अस्पतालमा ज्यान गएको हो । बा ८२ प ८३५७ नम्बरको मोटरसाइकलमा पछाडि रहेकी शङ्खरापुरकै २० वर्षकी पुनम श्रेष्ठ घाइते हुनुभएको छ ।

उहाँको ग्राण्डी अस्पताल टोखामा उपचार भइरहेको छ । ठक्कर दिने बा ५ ख २४१४ नम्बरको टिपरसहित चालकलाई पक्राउ गरिएको बौद्ध प्रहरीले जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/26759

Previous articleखोक्रो आदर्शवादका कुरा नगर; नारीलाई साँच्चिकै मान्छौ भने आत्माबाट मान : समीक्षा अधिकारी
Next articleगौतमबुद्ध विमानस्थलबाट आजदेखि पुनः नियमित अन्तर्राष्ट्रिय उडान सुरु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।