गौतमबुद्ध विमानस्थलबाट आजदेखि पुनः नियमित अन्तर्राष्ट्रिय उडान सुरु

0
42

काठमाण्डाै – गौतमबुद्ध विमानस्थल भैरहवाबाट आजदेखि पुनः नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको छ ।

अन्तर्राष्ट्रिय उडान गर्दै आएको कुवेतको जजिरा एअरवेजले गएको पुस ६ गतेदेखि खराब मौसमका कारण उडान स्थगित गरेको थियो ।

कुवेतबाट आज बिहान ६६ जना यात्रु लिएर आएको जजिराको विमान बिहान ८ बजेर ५ मिनेटमा ९९ जना जना यात्रु लिएर उडेको छ । अब आकाश खुल्न थालेकाले भैरहवा उडान सहज भएको र जजिराले अब हप्तामा तीन दिन मङ्गलवार, बिहीवार र शनिवार नियमित उडान गर्ने विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिनुभयो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रूपमा सञ्चालन गरिएको गौतमबुद्ध विमानस्थलमा दैनिक ३० देखि ४० वटासम्म उडान गर्न सकिने क्षमता छ ।

https://www.ujyaalonepalnews.com/archives/26761

Previous articleरत्ननगर १६ का किसानलाई पशुपालन सम्वन्धी प्रशिक्षण
Next articleएमालेले उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्यलाई उठाउने