खोक्रो आदर्शवादका कुरा नगर; नारीलाई साँच्चिकै मान्छौ भने आत्माबाट मान : समीक्षा अधिकारी

काठमाडौं । गायीका समिक्षा अधिकारीले साँच्चिकै नारीलाई मान्छौ भने आत्माबाट मान्न आग्रह गरेकी छन् । बुधबार सामाजिक संजालमार्फत उनले ११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना दिदैं फेसबुक स्टाटस र भाषणमा मात्रै नभई व्यवहारमा नारीलाई सम्मान गर्न आग्रह गरेकी हुन् ।

‘नारीका बारेमा खोक्रो आदर्शवादका कुरा गर्नेहरु पनि देखें, बाहिर कठै बिचरा भन्दै पिठमा छुरा प्रहार गर्ने पनि देखे, समानता र समावेशीको काम्लो ओडेर आफैंले आफैंलाई नारीवाद कहलिएकाहरुलाई पनि देखे’ उनले लेखेकी छन्, ‘नारीको इज्जत सम्मान गर्न नजान्नेहरुले नारीको बारेमा बोलेका बकम्फुसे कुरा पनि सुनेँ,देखेँ ।’ #

उनले अगाडि लेखेकी छन्, ‘साँच्चिकै नारीलाई मान्ने हौ भने आत्माबाट मान, तिम्रो व्यवहारका पोल्टामा नारीलाई सम्मान गर नाकी फेसबुके स्टाटस र तिम्रो भाषणमा।’

नेपालमा ‘लैङ्गिक समानतका लागि बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिलाको पहुँच’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रम गरी आज महिला दिवस मनाइएको छ ।

विश्व महिला आन्दोलनले हालसम्म प्राप्त गरेका उपलब्धीहरूलाई संस्थागत गर्दै लैंगिक समानता हासिल गर्ने उद्देश्यसहित हरेक वर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा मनाइन्छ ।

 

https://ujyaalonepalnews.com/archives/26755

Previous articleपत्रकार ऋषि धमलालाई पटमुर्ख को उपाधी
Next articleटिपरको ठक्करबाट दुई वटा मोटरसाइकलका चालकको ज्यान गयो, एक जना घाइते
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।