नालामा डुबेर चितवनमा शिशुको मृत्यु

चितवन । माडी नगरपालिका-९, कृष्णनगरस्थित माथिल्लो बोटे टोल गाउँमा घरछेउकै नालामा डुबेर एक शिशुको मृत्यु भएको छ ।
माडी ९, निवासी निरबहादुर रानाभाटकाे नाति र रामु रानाभाटको डेढ वर्षका छोराको बामे सर्दै खेल्ने क्रममा आज दिउँसो करीब १ बजेकाे समयमा नालामा डुबेर मृत्यु भएको हो ।

घरबाट नजिकै रहेको रिउ बगई कुलोमा शिशु खसेका थिए । आमा खाना खान लागेकाे समयमा, बच्चा बामे सर्दै खेल्दै गर्दा सो घटना भएको हो ।

बच्चा खोज्दै जाँदा डाला बुन्ने नामको खोलाको कल्भटमा मृत अवस्थामा भेटिएको स्थानीयबासी प्रेम आचार्यले जानकारी दिनुभयो ।

बच्चाकाे शव स्थानिय, नेपाल प्रहरी, जनपथ प्रहरी, सशस्त्र प्रहरी लगायतको टोलीले निकालेको थियो ।

https://ujyaalonepalnews.com/archives/27042

Previous articleमानव अधिकार समूह कालिकाका सदस्यहरुलाई क्षमता अभिवृद्धि तालिम
Next articleएसईई दिने छोराको शुल्क तिर्न तिलहरी धितो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।