पोखरा–१८ मा पुन: मतगणना गर्न उच्च अदालतले दियो आदेश

२१ चैत, पोखरा । उच्च अदालत पोखराले पोखरा महानगरपालिका–१८ मा ३० वैशाखमा भएको स्थानीय तहको चुनावको पुन: मतगणना गर्न आदेश दिएको छ ।

मतगणनामा एमाले उम्मेदवार पुस्कलबहादुर थापालाई हराउँदै कांग्रेसका शिवप्रसाद तिमिल्सिना ३ मतले विजयी भएको घोषणा गरिएको थियो । तर थापाले आफू ९ मतान्तरले विजयी भएको भन्दै पुन: मतगणनाको माग गर्दै उच्च अदालतमा रिट दिएका थिए ।

निर्वाचन अधिकृतको कार्यालयले भने शिवले १६ सय ४३ र पुस्कलबहादुर थापाले १६ सय ४० मत ल्याएको घोषणा गरेको थियो ।

कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र ऋषिराज भण्डारीको संयुक्त इजलासले वैशाख २० गते पुन: गणना गर्न फैसला दिएको हो । उच्च अदालतकै रोहवरमा पुन: मतगणना गर्न आदेश भएको पुस्कलका तर्फबाट बहस गरेका अधिवक्ता सुरेन्द्र थापामगरले जानकारी दिए ।

https://ujyaalonepalnews.com/archives/27099

Previous articleसरकारी तलब खाएर राजनीति गर्ने शिक्षक, कर्मचारी नेपालबाहेक अरू देशमा छैनन् : रविन्द्र मिश्र
Next articleरवि लामिछानेको उम्मेदवारी खारेजीको माग गर्दै पाँच थान उजुरी दर्ता
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।