गैंडाको आक्रमणबाट बच्न पोखरीमा हामफाल्दा सेनाका जवानको डुबेर मृत्यु

चितवन- दलदले पोखरीमा डुबेर नेपाली सेनाका जवानको मृत्यु भएको छ । गैँडाको आक्रमणबाट बाँच्न पोखरीमा हाम फालेका जवान पवन कटुवालको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार खोटाङ गाउँपालिका वडा नं ४ घर भई निकुञ्ज सुरक्षार्थ खड्गदल गणको साइली माइली पोस्टमा कार्यरत २६ वर्षीय जवान कटुवालको मृत्यु भएको हो ।

निकुञ्जभित्र गस्ती जाने क्रममा गैँडाले आक्रमण गर्न खोज्दा हिजो साँझ उनी दलदलमा हाम फालेका थिए ।-

https://ujyaalonepalnews.com/archives/17881

Previous articleराष्ट्रिय एकतालाई सुदृढ बनाउन फागुपूर्णिमाले योगदान पुग्ने राष्ट्रपतिको विश्वास
Next articleके हुँदैछ रूस-युक्रेन द्वन्द्वमा !
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।