रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका ३ रन्मामा सिस्नो टिप्न घरबाट निस्केका एकै घरका दुई बालिका मृत अवस्थामा फेला परेका छन्।
स्थानीय ११ वर्षीया रिना बुढा मगर र ९ वर्षीया कालिमाया बुढा मगर बिहीबार बिहान मृत अवस्थामा फेला परेका हुन्। उनिहरु बुधवार साँझै सिस्नो टिप्न निस्केका थिए।
हराएका दुई बालिकाको खोजी कार्य गर्दा गाउँ नजिकैको भीरमा मृत फेला परेका थिए। सूचना पश्चात् रुकुम प्रहरी प्रमुख सहितको टोली घटना स्थलतर्फ लागेको छ। उपाध्यक्ष बुढाका अनुसार घटना भएको ठाउँमा पुग्न करिब एक दिन लाग्छ।
रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारले यथार्थ विवरण नआएको बताए।
https://ujyaalonepalnews.com/archives/27116


