तरकारीको लागी सिस्नो टिप्न गएका दुई दिदीबहिनी मृत फेला

रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका ३ रन्मामा सिस्नो टिप्न घरबाट निस्केका एकै घरका दुई बालिका मृत अवस्थामा फेला परेका छन्।

स्थानीय ११ वर्षीया रिना बुढा मगर र ९ वर्षीया कालिमाया बुढा मगर बिहीबार बिहान मृत अवस्थामा फेला परेका हुन्। उनिहरु बुधवार साँझै सिस्नो टिप्न निस्केका थिए।

हराएका दुई बालिकाको खोजी कार्य गर्दा गाउँ नजिकैको भीरमा मृत फेला परेका थिए। सूचना पश्चात् रुकुम प्रहरी प्रमुख सहितको टोली घटना स्थलतर्फ लागेको छ। उपाध्यक्ष बुढाका अनुसार घटना भएको ठाउँमा पुग्न करिब एक दिन लाग्छ।

रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारले यथार्थ विवरण नआएको बताए।

https://ujyaalonepalnews.com/archives/27116

Previous articleपुर्विचितवनमा आज विधूत अवरुद्ध हुने
Next articleमाधवपुर स्कुल स्क्रिप्ट
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।