रत्ननगरका २०० बालबालिकालाई सचेतना कार्यक्रम

उज्यालो नेपाल- रत्ननगरका २०० बालबालिकालाई सचेतना प्रदान गरिएको छ । रत्ननगर वडा नं. १६ को समन्वय तथा रत्ननगर जुनियर जेसिसको आयोजना र ईलाका प्रहरी कार्यालय टाँडीको सहयोगमा वडाका झन्डै २०० बालबालिकालाई सोमबार सचेतना प्रदान गरिएको हो ।

कार्यक्रममा लागुपदार्थ दुर्व्यसनी तथा बाल यौन दुर्व्यवहार न्यूनीकरण सम्बन्धी सचेतनाको साथै ट्राफिक नियम सम्बन्धी अभिमुखीकरण प्रदान गरिएको जेसिसका अध्यक्ष सन्दर्भ खनालले जानकारी दिए ।

वडाध्यक्ष हेमराज थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा सदस्यहरु चिजकुमार श्रेष्ठ, रिता वि.क, सरिता गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

https://ujyaalonepalnews.com/archives/27951

Previous articleप्रतिनिधिसभा बैठकबाट शोक प्रस्ताव पारित, अर्को बैठक भोलि ११ बजे बस्ने
Next articleआर्थिक विधेयक तर्जुमामा अनधिकृत व्यक्तिको संलग्नता छैन– अर्थ मन्त्रालय
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।