दशैंमा मासु खाँदा अड्किएर चितवनमा १ जनाको ज्यान गयो

चितवन । दशैंमा मासु खानेक्रममा अड्किएर १ जनाको ज्यान गएको छ । कालिका नगरपालिका वडा नं.८ गैरीबारीका ५० बर्षिय धनबहादुर दानी क्षेत्रीको मृत्यु भएको हो ।

हिजो दशैको अष्टमीको साँझ करिव ७:३० बजे खाना खाने क्रममा मासुको हड्डी अड्किएर क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

मासु अड्किएपछी उपचारको क्रममा जुटपानी बजार स्थित मेडिकलमा राति नै ल्याईएको थियो । मेडिकलमा उनको उपचार हुन नसकेपछि भरतपुर तर्फ लगिएको स्थानियले  जानकारी दिए ।

उनको भरतपुर स्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी तथा प्रहरी प्रबक्ता बिजयराज पण्डितले जानकारी दिए ।

https://ujyaalonepalnews.com/archives/24530

Previous articleनारायणगढ-मुग्लिन सडकबाट त्रिशूलीमा कार खस्यो, दशैं मनाउन हिडेका दम्पतीले यसरी जोगाए ज्यान
Next articleलापरबाहीले बिरामीको मृत्यु भएको आरोप लगाउँदै चितवन मेडिकल कलेजमा तोडफोड, १३ जना पक्राउ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।