रत्ननगरमा थप दुई दिन गर्मि बिदा

उज्यालो नेपाल- रत्ननगरका विद्यालयहरुमा दिइएको गर्मि बिदा दुईदिनको लागी थप गरिएको छ । अत्याधिक गर्मि हुन थालेपछि नगर भित्रका सामुदायिक तथा संस्थागत विद्यालय र मन्टेश्वरीहरुमा जेठ १९ देखि २४ गतेसम्म बिदा दिइएको थियो ।

नगरपालिकाले बुधबार एक सुचना जारी गर्दै २४ गते सम्म दिइएको बिदालाई थप दूई दिन थप गर्ने निर्णय भएको जानकारी दिएको हो । सुचना अनुसार वर्षेबिदा कट्टा हुनेगरि जेठ २५ र २६ गतेलाई विदा थप गरिएको छ ।

केही दिनयता गर्मी निकै बढेको र विद्यार्थीलाई आउन जान र पठनपाठनमा प्रतिकुल असर पर्न थालेपछी विद्यालयहरुमा जेठ १९ देखि २४ गतेसम्म बिदा दिइएको तर गर्मि कम नभएपछी थप दुई दिन बिदा गरिएको नगर शिक्षा अधिकारी बद्रिनारायण शर्माले जानकारी दिए ।

 

https://ujyaalonepalnews.com/archives/28001

Previous articleकाठेपुलको सहारा: जोखिमपूर्ण यात्रा
Next articleगण्डकी प्रदेशका बैङ्क तथा वित्तीय संस्थाबाट ३ खर्ब ५१ अर्ब कर्जा लगानी 
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।