Home Uncategorized अस्ट्रेलियामा एक नेपालीलाई कोरोनाको संक्रमण

अस्ट्रेलियामा एक नेपालीलाई कोरोनाको संक्रमण

आइतबार अस्ट्रेलियामा कोरोनाबाट मृतकको संख्या ३ पुग्दा संक्रमित संख्या ७४ पुगेको त्यहाँको स्वास्थ्य विभागले जनाएको छ।

पछिल्लो विवरणअनुसार अस्ट्रेलियामा कोरोनाबाट संक्रमित एक नेपाली विद्यार्थी पनि हुन्।

अस्ट्रेलियाको तास्मानिया राज्यस्थित स्वास्थ्य अधिकारीहरूका अनुसार २० वर्षका नेपाली विद्यार्थीलाई कोरोनाको संक्रमण भएको छ।

अहिले उनलाई आइसोलेसनमा राखेर उपचार भइरहेको एबीसी न्युजलाई उदृत गर्दै द गार्जियनले जनाएको छ।

गत फेब्रुअरी २६ मा ती नेपाली विद्यार्थी सिंगापुर हुँदै अस्ट्रेलिया पुगेका थिए। रुघाखोकीको समस्या देखिएपछि उनले शुक्रबार रोयल होर्बाट अस्पतालमा जाँच गराएका थिए। शनिबार आएको रिपोर्टमा उनलाई कोरोना संक्रमण रहेको पुष्टि भएको हो।

तर त्यहाँको स्वास्थ्य विभागले उनको परिचय भने गोप्य राखेको छ।

एकिकृत कृषक बचत तथा ऋण सहकारीको दशौँ साधारणसभा तथा चौथो अधिवेसन सम्पन्न

Previous articleअमेरिकामा कोरोनाबाट ४ सय ४४ संक्रमित, न्युयोर्कले घोषणा गर्‍यो आपतकालीन अवस्था
Next articleपहिलो अन्तर्राष्ट्रिय गाेल गर्ने पेमा भन्छिन्ः फुटबलले दिन्छ महिलालाई सशक्त पहिचान (भिडियाे)
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।