उज्यालो नेपाल- रत्ननगरका विद्यालयहरुमा दिइएको गर्मि बिदा दुईदिनको लागी थप गरिएको छ । अत्याधिक गर्मि हुन थालेपछि नगर भित्रका सामुदायिक तथा संस्थागत विद्यालय र मन्टेश्वरीहरुमा जेठ १९ देखि २४ गतेसम्म बिदा दिइएको थियो ।
नगरपालिकाले बुधबार एक सुचना जारी गर्दै २४ गते सम्म दिइएको बिदालाई थप दूई दिन थप गर्ने निर्णय भएको जानकारी दिएको हो । सुचना अनुसार वर्षेबिदा कट्टा हुनेगरि जेठ २५ र २६ गतेलाई विदा थप गरिएको छ ।
केही दिनयता गर्मी निकै बढेको र विद्यार्थीलाई आउन जान र पठनपाठनमा प्रतिकुल असर पर्न थालेपछी विद्यालयहरुमा जेठ १९ देखि २४ गतेसम्म बिदा दिइएको तर गर्मि कम नभएपछी थप दुई दिन बिदा गरिएको नगर शिक्षा अधिकारी बद्रिनारायण शर्माले जानकारी दिए ।

https://ujyaalonepalnews.com/archives/28001


