दार्चुलामा सुत्केरीको हेलिकप्टरबाट उद्धार

दार्चुला- दार्चुलामा एक सुत्केरी महिलाको हेलिकप्टरबाट उद्दार गरिएको छ । लेकम गाउँपालिका–२ भटाइजरकी ३३ वर्षीया पार्वती सार्कीको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरिएको हो ।

बिहिवार दिउँसो सर्मोली स्वास्थ्य चौकीमा बच्चा जन्माएकी सार्कीलाई उच्च रक्तस्रावको समस्या देखिपछि थप उपचारका लागि आज बिहान हेलिकप्टरमार्फत उद्धार गरि कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिनुभयो ।

https://ujyaalonepalnews.com/archives/28063

Previous articleकानुन निर्माणको मूल थलोमै मर्यादाको प्रश्न !
Next articleचुरियामाई सुरुङको काम अन्तिम चरणमा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।