पिठुवा डेरीमा रेफ्रिजिरेटर भ्यान खरिद सहित ३१ लाखको योजना सम्पन्न

उज्यालो नेपाल – रत्ननगर १६ पिठुवामा रहेको पिठुवा दुग्ध उत्पादक सहकारी संस्थाले दुग्धजन्य पदार्थको ओसारपसारको लागी रेफ्रिजिरेटर भ्यान खरिद गरेको छ । सामान्य दुध संकलन केन्द्रबाट दुग्धजन्य पदार्थ उत्पादन गर्ने उधोग बन्दै गरेको पिठुवा डेरीले उत्पादन गरेको परिकारको बजारीकरणको लागी भ्यान खरिद गरेको हो ।

भ्यान खरिदको लागी रत्ननगर नगरपालिका संग सहकार्य गरिएको सहकारीका अध्यक्ष बद्रिप्रसाद अर्यालले जानकारी दिए । सहकारीले कुल ३१ लाख २५ हजार ३०५ रुपियाँको लागानीमा भ्यान खरिद, आल्मुनियम बार निर्माण र टायल मार्बलको काम सम्पन्न गरेको विहिबार सम्पन्न सार्वजनिक सुनुवाईमा जानकारी दिईयो ।

नगरपालिकाबाट अनुदान प्राप्त १४ लाख ७० हजार र सहकारीको १६ लाख ५५ हजार ३०५ लगानीमा भ्यान खरिद, आल्मुनियम बार निर्माण र टायल मार्बलको काम सम्पन्न गरिएको हो । जस अन्तर्गत भ्यान खरिदको लागी २५ लाख ६० हजार, आलुमुनियम बारको लागी ३ लाख ९९८ र टायलमार्बलको लागी २ लाख ५५ हजार ३०६ रुपियाँ खर्च भएको छ ।

सहकारीको सभाहलमा विहिबार सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रममा वडाध्यक्ष हेमराज थापा, रत्ननगरका आर्थिक विकास संयोजक तथा वडा नं. ३ का वडाध्यक्ष सोहेन्द्रराज खरेल, वडासदस्य चिजकुमार श्रेष्ठ पशुपंक्षी विकास शाखा अधिकृत शालिकराम पौडेल लगायतको सहभागिता रहेको थियो । कार्यक्रम सहकारीका सचिव रामप्रसाद दुवाडीले संचालन गरेका थिए ।

यो पनि पढ्नुहोस्: पिठुवा दुग्ध प्रशोधन तथा विविधिकरण उप-आयोजनाको सार्वजनिक सुनुवाई सम्पन्न

 

 

https://ujyaalonepalnews.com/archives/28065

Previous articleचुरियामाई सुरुङको काम अन्तिम चरणमा
Next articleरियाशा दाहाल र ‘भटभटे माइला’को नयाँ भिडियो सार्वजनिक (भिडियो)
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।