रियाशा दाहाल र ‘भटभटे माइला’को नयाँ भिडियो सार्वजनिक (भिडियो)

रियाशा दाहाल र बेगम नेपाली ‘भटभटे माइला’ फिचर्ड रहेको ‘गाह्रो छ’को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
गायक यश कुमार र गायिका मेचु धिमालको स्वर रहेको गीतमा बेगम नेपालीको शब्द, ऋषि खड्काको संगीत, कमल सौरागको एरेन्ज र कुमार रानाको मिक्सिङ र मास्टरिङ छ ।

रोमान्टिक फ्लेभरको गीतमा रियाशा र बेगमको जोडी निकै सुहाएको छ । रियाशा र बेगम टेलिफिल्म ‘गाह्रो छ हो’मा रुचाइएका जोडी हुन् । भिडियो बेगम फिल्मस्को व्यानरमा निर्माण गरिएको हो भिडियोको छायांकन कुलेखानीमा गरिएको छ।

काजिश श्रेष्ठको कोरियोग्राफी र निर्देशन रहेको भिडियोमा प्रविण भट्टको सम्पादन र कलर, अजय रेग्मीको छायांकन, प्रशान्त मगरको सहायक निर्देशन रहेको छ भिडियो भटभटे माइला युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

https://ujyaalonepalnews.com/archives/28070

Previous articleपिठुवा डेरीमा रेफ्रिजिरेटर भ्यान खरिद सहित ३१ लाखको योजना सम्पन्न
Next articleरत्ननगरमा पत्रकारहरुको लागी भाषा सम्पादन तालिम सुरु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।