भरतपुर महानगरद्वारा दुग्ध उत्पादक कृषकलाई उत्पादनको आधारमा प्रोत्साहन अनुदान

चितवन- चितवनको भरतपुर महानगरले मुलुकमै सबैभन्दा धेरै प्रतिलिटरमा रुपैयाँ अनुदानलाई निरन्तरता दिएको छ । दुग्ध उत्पादक कृषकलाई उत्पादनको आधारमा प्रोत्साहन अनुदान ६ करोड १२ लाख रुपैयाँ दिएको भरतपुर महानगर प्रमुख रेणु दाहालले जानकारी दिनुभयो ।

अनुदान अन्तर्गत यो आर्थिक वर्ष ०७९/८० दुग्ध सहकारीमा आवद्ध कृषकहरुले संकलन गरेको २ करोड ४ लाख लिटरको प्रतिलिटर रु ३ रुपैयाँका दरले रु ६ करोड १२ लाख रुपैयाँ हस्तान्तरण गरिएको महानगरको कृषि तथा पशुपन्छी व्यवसाय प्रर्वद्धन शाखाले जनाएको छ ।

सोही अनुदान एक कार्यक्रमका विच भरतपुर महानगरका मेयर रेणु दाहाल, उपमेयर चित्रसेन अधिकारी र प्रमुख प्रशासकीय अधिकृत नेरेन्द्र कुमार रानाले कृषकलाई संयुक्त रुपमा चेक हस्तान्तरण गर्नुभएको थियो ।

सोही अवसरमा भरतपुर महानगरपालिका कृषि तथा पशुपन्छी व्यवसाय प्रर्वद्धन शाखाले महानगर भित्रका ७९ वटा सहकारी संस्थामध्ये ६ वटा सहकारीको विवरण जाँच गर्न नभ्याएकोले प्रति लिटर तीन रुपयाँको दरले ७३ सहकारीलाई १५ वटा चेकमार्फत अनुदान रकम प्रदान गरेको थियो ।

अनुदानले पशु विकास र निर्माणमा मात्रै होईन जनतासँग प्रत्यक्ष जोडिएको कृषि र पशुपालनमा थप अग्रसर गराउन हामी प्रतिवद्ध रहेको मेयर रेनु दाहालले बताउनुभयो । नेपालको ७५३ पालिका मध्ये सबै भन्दा पहिला यो कार्य योजना महानगरले अगाडि बढाएको थियो । महानगरले यो कार्य अगाडि बढाएपछि अहिले बागमती प्रदेशले पनि किसानलाई अनुदान रकम प्रदान गर्ने गरेको उहाँको भनाइ छ ।

जिल्लाको आयआर्जनको एक मात्र महत्वपूर्ण स्रोत कृषि भएकोले महानगरको अबको प्रथमिकता कृषिसँगै शिक्षा र स्वास्थ्य भएको मेयर दाहालले स्पष्ट पार्नुभयो । दाहालले भरतपुरको दूध उत्पादनमा वृद्धि गर्न प्रोत्साहन गर्ने उदेश्यसहित २५ पैसाबाट सुरु गरिएको अनुदान प्रभावकारी देखिएको उल्लेख गर्नुभयो । प्रदेशले दिने अनुदानलाई महानगरमार्फत रु ५ दिने गरी व्यवस्था मिलाउने अनुरोध गरिएको पनि बताउनुभयो ।

कार्यक्रममा महानगरका उपमेयर चित्रसेन अधिकारीले किसानको हितकै लागि महानगरले पहिलो पटक लागू गरेको अनुदान रकमलाई निरन्तरता दिँदै छुट्याएको बजेट अनुसार तीन रुपैयाँको दरले सहकारीलाई चेक प्रदान गरिएको बताउनुभयो ।

धिकारीले कृषकहरुलाई थप व्यवसायीक बनाउन अनुदानले सहयोग पुराउने बताउनुभयो । महानगरपालिकाले उत्पादन वृद्धि गर्ने नीति लिए अनरुप कृषिमा आधुनिकरणतर्फ जाने कार्यक्रमहरु ल्याईएको उल्लेख गर्नुभयो ।

आर्थिक वर्ष ०७४/०७५ बाट भरतपुर महानगरपालिकाले दूधमा नेपालमै पहिलो पटक अनुदान दिन सुरु गरेको थियो । महानगरपालिकाले ०७/र०७५ बाट २५ पैसाबाट अनुदान दिन सुरु गरेको थियो । गत आर्थिक वर्षमा ८ हजार ७ सय ३५ जनाले अनुदान पाएकोमा चालु आर्थिक वर्षमा ११ हजार ५ सय ३४ जनाले अनुदान लिएका छन् । अनुदान लिने कृषकको संख्या वृद्धि हुनु यो अनुदान प्रभावकारी बनेको पुष्टी भएको छ ।

भरतपुरले कृषकहरुलाई लक्षित गरी पशु स्वास्थ्य घरदैलो उपचार, गोठ सुधार, पशु खरिदमा अनुदान, बाख्रा, बंगुर तथा हाँस वितरण जनाएको छ । यस्तै विभिन्न यात्र उपकरण, प्राविधिक तालिम, ५ सय वटा काउ म्याट लगायतका समाग्री वितरण गरिएको थियो ।

https://ujyaalonepalnews.com/archives/28088

Previous articleराष्ट्रपतिसँग बेलायती राजदूतको बिदाइ भेट
Next articleजिल्ला निर्वाचन कार्यालय खारेजी प्रस्तावबारे राजनीतिक दलसँग आयोगको परामर्श
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।