अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारतमा, मोदीले गरे स्वागत

0
41

भारत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने औपचारिक भ्रमणको क्रममा सोमबार भारत आइपुगेका छन् ।

राष्ट्रपति ट्रम्पलाई भारतीय संस्कृति झल्कने विभिन्न झाँकीका साथ भव्य स्वागत गरिएको छ । ट्रम्प सवारी हुने सडकका दायाँबायाँ ठूलो संख्यामा मानिसहरु ट्रम्पलाई स्वागत गर्न भेला भएका छन् । राष्ट्रपति ट्रम्पलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अहमदाबाद विमानस्थलमा स्वागत गरेका थिए ।

मोदीको गृहराज्य गुजरातमा निर्माण भएको विश्वकै सबैभन्दा ठूलो क्रिकेट रङ्गशालामा आयोजना हुने विशाल सभालाई राष्ट्रपति ट्रम्प र प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्नेछन् । यहाँ करिब १ लाख व्यक्ति सहभागी हुने अनुमान गरिएको छ ।

भ्रमणमा राष्ट्रपतिका साथ उनकी पत्नी मेलानीया ट्रम्प समेत अन्य विशिष्ट व्यक्तिहरु सहभागी रहेका छन् ।

विमानस्थलबाट राष्ट्रपति ट्रम्प र उनकी पत्नी मेलानीया ट्रम्प सावरमती आश्रम (गान्धी आश्रम) मा गएका छन् । त्यसपछि उनीहरु क्रिकेट रङ्गशालामा आयोजना हुने कार्यक्रममा सहभागी हुनेछन् ।

The post अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारतमा, मोदीले गरे स्वागत appeared first on Rajdhani Daily News.

नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासङ्घको महाधिवेशन शुरु

Previous articleसिन्धुपाल्चोकमा प्रहरी चौकी आक्रमण गर्ने समूहलाई ज्यान मार्ने उद्योग मुद्दा
Next articleमाथिल्लो तामाकोशी आयोजनाको काममा ढिलाइ, लागत ७५ अर्ब माथि