पिठुवा सिंचाईको २९ औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेसन शनिबार सुरु

निराजन घिमिरे, जेठ २७ – चितवनको रत्ननगरमा रहेको पिठुवा सिंचाई जल उपभोक्ता संस्थाको २९ औं वार्षिक साधारणसभा तथा ११  औं अधिवेसन शनिबार सुरु भएको छ । बागमती प्रदेशसभा सदस्य कृष्णप्रसाद खनालको प्रमुख आतिथ्यमा कार्यक्रम सुरु भएको हो । संस्थाका अध्यक्ष पोषप्रसाद पोखरेलको अध्यक्षतामा सुरु भएको कार्यक्रममा विशिस्ट अतिथिको रुपमा  वडा नं. १५ र १६ का वडाध्यक्ष आशिक तामांग र हेमराज थापा उपस्थित थिए ।

कार्यक्रममा अतिथिको रुपमा वडा सदस्य चिजकुमार श्रेष्ठ, पिठुवा दुग्ध उत्पादक सहकारीका अध्यक्ष बद्रि प्रसाद अर्याल, पिठुवा सिकाई केन्द्रका अध्यक्ष नेत्र घिमिरे, सृजनशिल महिला बचत तथा ऋण सहकारीकी अध्यक्ष मिना ढकाल,  सल्लाहकार समिति संयोजक ईश्वरकुमार श्रेष्ठ, सदस्यहरु दण्डपाणी लामिछाने र विष्णुप्रसाद अर्याल,  लगायतको उपस्थिति थियो ।

वडा नं. १६ को सभाहलमा सुरु कार्यक्रममा संस्थाका अध्यक्ष पोषप्रसाद पोखरेलले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने संस्थाका सचिव हेमलाल तिवारीले प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए । यस्तै संस्थाको आयव्यय विवरण कोषाध्यक्ष शर्मिला लामिछानेले प्रस्तुत गरेकी थिईन् भने लेखापरीक्षण प्रतिवेदन लेखासमिति संयोजक ईश्वरीप्रसाद खनालले प्रस्तुत गरेका थिए ।

वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष पोषप्रसाद पोखरेलले स्थानिय सरकारको असहयोगले नहरको नियमित मर्मत समेत गर्न नसकिएको, बाँध बनाउन प्रयोग गरिने एक्साभेटरको नियमित मर्मत र ईन्धन जुटाउन समस्या रहेको तथा कर्मचारीलाई समयमा तलब खुवाउन समेत समस्या भोग्दै आएको गुनासो गरे । नगरपालिकाले वार्षिक रुपमा निश्चित बजेट बिनियोजन गरेर यस संस्था संचालनमा सहजीकरण गर्नुपर्ने उनको भनाई छ ।

कार्यक्रममा संस्थाका पुर्व अध्यक्ष जयन्द्रकुमार श्रेष्ठ र पुर्व कार्यालय सचिव सम्झना पन्त लामिछानेलाई उनीहरुको योगदानको उच्च मुल्यांकन गर्दै सम्मान समेत गरिएको थियो । त्यस्तै तरकारी कृषक गणेशबहादुर बजगाई नगद सहित पुरस्कृत गरिएको थियो । संस्थाकि  कोषाध्यक्ष सर्मिला लामिछानेले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष रामप्रसाद रिमालले स्वागत मन्तव्य राखेका थिए। अधिवेसनबाट नयाँ समिति निर्माणको लागी निर्वाचन मण्डलले सहमतीको प्रयास जारी राखेको छ ।

https://ujyaalonepalnews.com/archives/28119

Previous articleएसियाली बीमा सम्मेलन सम्पन्न
Next articleकालीगण्डकी नदीमा डुबेर दुई जना बेपत्ता
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।