चितवन- चितवनको इच्छाकामनाका चेपाङ समुदायको जीवनशैलमिा परिवर्तन आएको छ । ‘सवै यात्राको सुरुवात एक सपनाबाट हुन्छ’ परियोजनाबाट चेपाङ समुदायको जीवनशैलीमा परिवर्तन आएको हो ।
सामाजिक कार्यमा क्रियाशिल चितवनको सौराहास्थित सपना भिलेज सोसल इम्प्याक्ट र इच्छाकामना गाउँपालिकाको सह–कार्यमा वडा नम्बर १ मा अन्तर घर, अन्तर स्वास्थ्यकर्मी, अन्तर कृषक, अन्तर आमा समुहबीच प्रतिस्पर्धा गराएर उनीहरुको जीवन शैलीमा परिवर्तन ल्याइएको हो ।
तीन बर्षको अथक प्रयासपछि परियोजनाबाट चेपाङ सुमदायको आर्थिक, स्वास्थ्य, शिक्षा, सरसफाई लगायतमा परिवर्तन आएको हो । वडा नम्बर १ राजभोगका लक्ष्मी चेपाङले उक्त परियोजनाबाट आफ्नो परिवार र समुदायको जीवनशैलीमा परिवर्तन आएको बताउनुभयो । “परियोजना लागु भएसगैँ यहाँका बासिन्दाहरुमा आर्थिक उपार्जन गर्ने भएका छन्, यहाँका घरहरु सफा छन्,नानी बाबुहरु नियमित विद्यालय जान्छन्– चेपाङले भन्नुभयो ।”
हातिवाङ माध्यमिक विद्यालयका प्रधानाध्यापक लोकबहादुर मगरले पनि यो परियोजना लागु भएसँगै विद्यार्थीहरु नियमित विद्यालय आउने गरेको बताउनुभयो । यस परियोजनाले गरेका सहयोग र सेचतनामुलक कार्यक्रमले यहाँका चेपाङ सुमदायमा चेतनाको विकासमा सहयोगको पुगेको बताउनुभयो ।
तीन बर्ष अघिदेखी चलेको उक्त परियोजनाको शनिबार गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङको प्रमुख आतिथ्यतामा एक समारोहकाबीच परियोजना अन्तर्गत प्रतियोगितामा विजयीहरुलाई पुरस्कृत गरेका हुन् ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष गुरुङले सपना भिलेज र गाउँपालिकाले संयुक्त संचालन गरेको यस परियोजनाबाट बाटो देखाउने काम भएको र आफ्नो जीवनशैली परिवर्तन, जिविकोपार्जन, आर्थिक वृद्धीका लागि सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।
गाउँपालिका पूर्वअध्यक्ष गीता कुमारी गुरुङले चेपाङ समुदायको जीवनशैलीमा परिवर्तन ल्याउनका लागिपरियोजना सञ्चालन आवश्यक देखिएकाले आफुले चार बर्षअघि सपना भिलेजसँग गाउँपालिकाले सहकार्य गरी कार्यक्रम सुरु गरेको बताउनुभयो ।
परियोजनाले सरसफाई, घर, करेसावारी, शिक्षा, लगायतमा परिवर्तन आएको सपना भिलेज सोसियल इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले बताउनुभयो । परियोजना सञ्चालनपछि जीवनशैलीमा परिवर्तन आएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि गाउँपालिकासँग सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
परियोजना अन्तर्गत आयोजित अन्तर घर प्रतियोगिता, अन्तर आमा समुह, उत्कृष्ट किसान र उत्कृष्ट स्वंयसेवीकालाई पुरस्कृत गरिएको सपना भिलेज सोसियल इम्प्याक्टका म्यानेजर सुजन वस्नेतले बताउनुभयो । ११ वटा कलस्टर निर्माण गरि परियोजना सञ्चालन गरिएको हो ।
https://ujyaalonepalnews.com/archives/28145


