नाला सफाइ गर्ने क्रममा ठूलो परिमाणमा बन्दुकको गोली फेला

पर्सा- वीरगञ्ज महानगरपालकाको एक वडाको नाला सफाइ गर्ने क्रममा ठूलो परिमाणमा बन्दुकमा प्रयोग हुने गोली फेला परेको छ । महानगरपालिकाका कर्मचारीहरूले महानगर–६ मा नाला सफाइ गर्ने क्रममा प्लास्टिकको झोलामा विभिन्न हतियारमा प्रयोग हुने एक सय पाँच थान गोली फेला परेको हो ।

नाइन एमएमको ३२ थान, ३८ बोरको २४ राउण्ड, एसएलआरको चार राउण्ड, हर्नेटको १७ राउण्डसहित अन्य विभिन्न बन्दुकमा लाग्ने गरी कूल एक सय पाँच राउण्ड गोली फेला परेको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिनुभयो । भेटिएको गोलीबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक शाहले बताउनुभयो ।

https://ujyaalonepalnews.com/archives/28163

Previous articleलामो समय पानी नपरेपछि महादेबसँग गुहार !
Next articleनिजामती कर्मचारी सङ्गठनले ‘नमस्कार अभियान’ सञ्चालन गर्ने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।