लामो समय पानी नपरेपछि महादेबसँग गुहार !

चितवन- चितवनमा लामो समय देखी पानी नपरेपछि महादेवसँग पानी मागेका छन् । लामो समयदेखि पानी नपरेको र चितवनमा अत्याधिक गर्मी बढेपछि चितवनका युवाहरु मिलेर ‘हर हर माहदेब पानी देउ देउ’ कार्यक्रमको आयोजना गरेका हुन् ।

भरतपुर महानगरपालिका वडा नम्बर १ को गौरेश्वर पशुपति मन्दिरमा महादेबको पुजा आजा गरेर पानी माग्दै बजार परिक्रमा गरेका छन् ।

पानी माग्ने कार्यक्रममा बाजागाजासहित पानी माग्दै नारायणगढ बजार परिक्रमा गरेका छन् । पानी माग्दै हिंड्नेहरुलाई घर घर बाट पानीको बर्षा गरेर स्वागत गरेका थिए ।

पानी नपरेपछि अत्याधिक गर्मीका साथै बिरामीको संख्या बृध्दि हुदै जानुका साथै खेति बाली पनि सुक्दै जान थालेपछि महादेबसँग पानी मागेको युवाहरुको भनाइ छ ।

https://ujyaalonepalnews.com/archives/28162

Previous articleआप्रवासी स्रोत केन्द्र स्थानीय तहलाई हस्तान्तरण गर्न सुरु
Next articleनाला सफाइ गर्ने क्रममा ठूलो परिमाणमा बन्दुकको गोली फेला
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।